२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी

२ मंसिर २०८२, सोमबार १६:२७

दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी पाँच वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो ।

ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, “लगानीको ठूलो हिस्सा उच्च स्तरीय एआई प्रविधि आधारित नयाँ व्यवसायहरूमा केन्द्रित हुनेछ, जसले कोरियाको एआई र रोबोटिक्स नवप्रवर्तन प्रणालीको विकासमा योगदान पु¥याउनेछ ।”

योजना अनुसार, समूहले ‘द्रुतगतिमा परिवर्तन हुँदै गरेको विश्वव्यापी व्यापार वातावरणमा सक्रिय रूपमा प्रतिक्रिया जनाउने क्षमताको’ झलक देखाएको छ ।

कम्पनीका अनुसार कुल लगानीको करिब ४० प्रतिशत एआई, सफ्टवेयर–डिफाइन्ड वाहन (एसडीभी), विद्युतीकरण, रोबोटिक्स र हाइड्रोजन क्षेत्रमा खर्च हुनेछ ।

ह्युन्डाइको यस लगानीले दक्षिण कोरियामा निर्मित गाडीहरूको निर्यात १३ प्रतिशत बढाएर सन् २०३० सम्म २.४७ लाख एकाइ पु¥याउन मद्दत गर्नेछ ।

यस घोषणा अघि, अर्को ठूलो समूह स्यामसंगले पनि समान अवधिमा प्रायः एआई प्रविधिमा ४३१० अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

स्यामसंग इलेक्ट्रोनिक्स विश्वका प्रमुख मेमोरी–चिप निर्मातामध्ये एक हो, जसले एआई उद्योग र यसको पूर्वाधारका लागि महत्वपूर्ण सामग्री प्रदान गर्दछ ।

ह्युन्डाइ मोटर ग्रुपमा कियासमेत पर्दछ, र यसले गत वर्ष दक्षिण कोरिया र विदेशमा कुल ७.२ मिलियनभन्दा बढी गाडी बिक्री गरिसकेको छ ।

यी लगानी प्रतिबद्धताहरू सियोल र वाशिङटनबीचको नयाँ व्यापार सम्झौतासँग सम्बन्धित छन्, जसअन्तर्गत ह्युन्डाइ गाडीहरू लगायत दक्षिण कोरियाली निर्यातमा कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ ।
तर, यो नयाँ दर पहिलेको स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत लागू भएको २.५ प्रतिशत भन्दा अझै उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान