२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तल्कोट गाउँपालिका अध्यक्षले कुट्दा एक गम्भीर घाइते

२०७४, १७ आश्विन मंगलवार ०२:०८

सम्राट सिंह | असोज १७, बझाङ | जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । 

नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लाल बहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनबिर बिष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पिडित परिवारले बताएका छन । विजयी हाँसिल गरेपछि राजनितिक पूर्वाग्राही भएर अध्यक्ष बिष्टले गाउँ भरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ । 

गाउँपालिका अध्यक्ष रहेका बिष्टले भोट अर्को दललाई हालेको भन्दै मनबिर बिष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली काँग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने घाइते बिष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पिडित मनबिर बिष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट लगायत १५ जना बिरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन । 

यता तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले भने अघिल्लो दिन मनबिर बिष्ट नेतृत्वको टोलीले मलाई नै कुटपिट गरी घाइते बनाएको र पछिल्लो दिन मेरा केटाहरु गएर मनबिर बिष्टसँग झगडा हुँदा बिष्ट घाइते भएका हुन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो