2026-10-26 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

राहतको चामल कार्यकर्तालाई वितरण

दान बहादुर बुढा/ भदौ, मुगु ।  गत बर्ष भाईटिकाका दिन परेको असिना पानीले मुगुका ८ गाविसमा लगाएको अन्नवाली नष्ट गरेपछि पिडित कृषक परिवारलाई राहत स्वरुप सरकारले पठाएको चामल मध्य केही परिमाणको चामल खुल्ला विक्री र पाटी कार्यकर्तालाई वितरण गरेको खुल्न आएको छ ।

सरकारले पिडित कृषकहरुलाई वितरण गर्न भनी गत फाल्गुण महिनामा नेपाल खाद्य सस्थानबाट चामल र कृषि मन्त्रालयबाट खरिद मुल्य दिने गरि रकम निकासा गरेको थियो । जिल्लामा वितरण प्रणाली र ढुवानीको जिम्मा बारे बसेको सर्व पक्षिय बैठकले राष्टिय प्रजातन्त्र पाटी मुगुका सदस्य पुरु नेपालीलाई सुर्खेतबाट मुगुसम्म चामल ढुवानी र वितरणको जिम्मा दिएको थियो । यिनै नेपालीले ढुवानी गरेको चामल मध्य २ सय क्युनटल बढी चामल असिना पिडित क्षेत्र भन्दा बाहिर रहेका आफना कार्यकर्तालाई वितरण र व्यापारीलाई विक्री गरेको खुल्न आएको हो ।

नेपाली काँगे्रस मुगुका महासमिती सदस्य एवं श्रीकोट गाविस रोल गाँउका स्थानिय खड्क बहादुर शाहीका अनुसार पाटीको नजिकिदो जिल्ला तथा केन्द्रिय अधिवेशनको पुर्व सन्ध्यामा पाटी कार्यकर्ता भेटघाटको सिलशिलामा जिल्ला भ्रमणमा निस्कदा ढुवानीकर्ता पुरु नेपालीले कृषकहरुलाई वितरण गर्नु पर्ने राहतको चामल पिडित क्षेत्र भन्दा बाहिरका आफना कार्यकर्तालाई वितरण गरेको थाहा हुन आएको हो ।

गत विहिवार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी समक्ष अनियमिता भएको चामल,गैर पिडित कार्यकर्ता, खरिद गर्ने व्यापारी र विक्री गर्ने खाद्य सस्थानका कर्मचारीहरु बारे शाहीले जानकारी दिदा यो प्रकरण बाहिर आएको हो । सरकारले पिडित कुषकलाई वितरण गर्न भनी ३१२५ दशमलब ३० क्युनटल चामल पठाएको थियो । जस मध्य ढुवानी कर्ता नेपालीले २०० क्युनटल भन्दा बढी चामल आफना कार्यकर्ता र खुल्ला विक्री गरेका छन । स्रोतका अनुसार पिडित गाविसहरुमा वितरण गनु पर्ने चामल मध्य सेरी ५ बमकाँडा र सेरी ९ जोगीलेखका राप्रपाका कार्यकर्ता जगत मल्ल र कृष्ण बहादुर शाहीले क्रमश ४२ र ३२ क्युनटल र गोठी जिउला जुम्लाबाट खत्याड क्षेत्रमा वितरण गनु पर्ने चामल ल्याउदै गर्दा जुम्ला जिल्ला विराट गाविसको डोब भन्ने स्थानमा ११५ क्युनटल चामल लुकाएर कार्यकर्ताहरुलाई वितरण गरेका थिए । यी ठाँउ जनता असिना पिडित कृषक होईनन् । यस्तै नेपाल खाद्य सस्थानका करार कर्मचारी लोकेन्द्र बहादुर शाही र धिरज मल्लले असिना पिडितको नाममा आएको चामल मध्य ११ क्युनटल चामल सेरी जाम गाँउका व्यापारी चिन प्रसाद उपाध्यायलाई प्रति प्याक रु १६०० का दरले बेचेको पनि खुल्न आएको छ । व्यापारी उपाध्यय आफुले खाद्यका कर्मचारीबाट किनेको हो तर कहाँ के को चामल हो थाहा नभएको बताए ।

यस सम्बन्धमा नेपाल खाद्य सस्थान केन्द्रिय कार्यालय विक्री वितरण केन्द्रमा बुझदा केन्द्र प्रमुख सुर्यमणी खनाल असिना पिडित गाविसका जनतालाई राहत स्वरुप वितरण गर्नका लागी खाद्य सस्थानले ३१२५.३० क्यूनटल चामल छुटाएको,वितरणको जिम्मा स्थानिय गाविस तथा ढुवानीकर्ताको जिम्मा रहेको र पिडितसम्म चामल पुगे नपुगेको अनुगमन गर्ने जिम्मा जिल्ला खाद्य व्यवस्थापन समिती रहेको र जहाँसम्म खाद्य सस्थानका कर्मचारीले बाहिरी व्यापारीलाई चामल विक्री गरेको भन्ने छ त्यो बारे जिल्लाबाट प्रमाणित भएर आएमा ती कर्मचारीहरुलाई विभागिय कारवाही गरिने बताउनु हुन्छ ।

यता खाद्य सस्थान शाखा मुगुका प्रमुख टेक प्रसाद रेग्मी राहतको चामल वितरण गरेको सबै रपाईहरु शाखामा ढुवानीवालाले दिईसकेको र मौखिक रुपमा ढुवानीकर्ताले आफुलाई श्रीनगर,कार्कीवाडा र धैनकोटको २०० क्यूनटल भन्दा बढी चामल वितरण गर्न बाँकी रहेको पनि बताएको बताउ छन । शाखा प्रमुखलाई भनेको र गैर क्षेत्रमा कार्यकर्तालाई वितरण गरेको चामलको तुलना गर्दा नक्कली कागजात बनाएर शाखामा बुझाएको र पिडित कृषकलाई चामल वितरण नगरेको सजिलै खुल्छ । उसो त पिडित कृषकहरु बाँकी चामल पाउने आशामा छन आफनो चामल अन्तै वितरण भएको उनीहरुलाई थाहै छैन । खत्याड भेगमा जानु पर्ने चामल सुर्खेतबाट श्रीकोट डिपोसम्म प्रति किलोग्राम २५ रुपयाँका दरले ढुवानी दिईपनि ढुवानीकर्ताले जुम्लाको गोठी जिउला मै खत्याडका असिना पिडितलाई चामल लिन लगाएका थिए खत्याडबाट गाठी जिउला पुग्न एक दिन लाग्छ स्थानिय चलन चल्ती अनुसार उहाँबाट श्रीकोट सम्म प्रति किलो १५ रुपयाँ लाग्छ । यसरी ढुवानी वालाले ढुवानीमा पनि अनियमिता गरेको देखिन्छ । ढुवानी भाडा जनतालाई दिने भने पनि अझैसम्म पाउने छाटकाट छैन । यस सम्वन्धमा बुझन ढुवानीकर्ता तथा राप्रपा मुगुका स्थानिय नेता पुरु नेपालीसंग सम्पर्क गर्न खोज्दा उनी जिल्ला बाहिर रहेको र सम्पर्क हुन सकेन ।

गत फाल्गुण महिनामा २५ लाख प्रधान मन्त्री राहतकोषबाट, २ लाख ४७ हजार जिल्लामा राहतकोषमा कर्मचारी,व्यापारी र गैर सरकारी सस्थाबाट, २ करोड कृषि मन्त्रालयबाट र १ करोड २५ लाख आपुर्ती मन्त्रालयबाट गरि कुल ३ करोड ५२ लाख ४७ हजार राहत सहयोग आएको थियो ।

प्राप्त सहयोग मध्य कृषि मन्त्रालयबाट प्राप्त सहयोगबाट ३ हजार क्यूईटल चामत तथा पिठोका लागी नेपाल सस्थानलाई १ करोड ६० लाख,४० लाख जिल्ला कृषि विकास कार्यालयले पिडित परिवारलाई विउ विजन दिनेमा छुटाएको,आपुती मन्त्रालयलाई अर्थ मन्त्रालयले निकासा गरेको १ करोड २५ लाख खाद्य सस्थान लाई सुर्खेतबाट मुगु सम्म चामल र पिठो ढुवानीका लागी छुटाएको र प्रधान मन्त्री राहत कोषबाट प्राप्त र जिल्लामा उठेको २७ लाख ४७ हजार सहयोग सम्वन्धित गाविसमा पठाईएको थियो ।

पिडित गाविसमा जिल्ला कृषी विकास कार्यालयको प्राविधिक टोलीले गत कार्तिक महिना मै मुल्याकन गरि जिल्ला प्रशासन कार्यालयमा पेश गरेको क्षतीको आधारमा ८ वटै गाविसको क्षतीलाई प्रतिशतमा निकाली सोही अनुसार राहत वितरण गर्ने निर्णय गरेको थियो । उहाँका अनुसार केन्द्र तथा जिल्लाबाट प्राप्त राहत श्रीकोट गाविसलाई ४० प्रतिशत ,सेरीलाई १७, श्रीनगर १२, कार्कीवाडा १२, गम्था ८, कोटडाँडा ७, धैनकोट २ र खमाले २ प्रतिशतले राहत वितरण गर्ने निर्णय गरिएको थियो ।

राहतको चामल कार्यकर्तालाई वितरण गरिएको बारे प्रजिअ शम्भु प्रसाद रेग्मीलाई बुझदा काँगे्रस नेता खड्क बहादुर शाही र श्रीकोट गाविसका केही कृषकहरुले पिडित भन्दा बाहिरका जनतालाई वितरण गरेको जानकारी गराएको,आरोपी ढुवानी कर्ता,सस्थानका कर्मचारी,किन्ने व्यापारी र केही गैर पिडित कृषकहरुलाई जिलामा बोलाएको र अनियमिता बारे सहि भएमा दोषीजती सबै कारवाहीको भागी हुनु पर्ने बताउ छन ।
गत कार्तिक ८ गते भाई टिकाका दिन परेको असीना पानीले जिल्लाका आठ गाविस ीनगर, कार्कीवाडा, सेरी, श्रीकोट, गम्था, खमाले, धैनकोट र कोटडाँडामा १३ करोड ५० लाख ६५ हजार बराबरको धान,पाखेधान र अन्य बर्षेवाली नष्ट गरेको थियो भने ति गाविसका २६ सय ८ घरधुरी प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने