पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव/असोज १७, सर्लाही । हिजो दिउँसो परेको भारी वर्षा पछि सर्लाहीको लखनदेहि खोलामा आएका बाढिले एकै घरका चार सहित ६ जनालाई लखनदेही नदिले बगाएको छ ।

पर्साको गढिमाई नगरपालीका ४ बाट टीका लगाउन माईती लालबन्दी हिरापुर हिडेका एकै घर का चारजनालाई लखनदेहीले बगाएको छ । त्यसैगरी हरिवन न. पा २ का एक जाना र लालबन्दी न. पा स्थित नेत्रगन्जका एकजना गरि ६ जना बगाएको सर्लाही प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा लालबन्दी नगरपालीका दुई नेत्रगन्ज घर भएकी भिम माया काफ्ले र अर्का एकजना बालकको सव हरिपुर पिडारीमा फेला परेको छ । ती वालकको नाम र ठेगाना खुल्न सकेको छैन ।

अझै चारजना बेपतानै रहेका छन् । बगाएकोमध्य एक महिला र एक पुरुषको सव फेला परेको छ । बाकी बेपताहरुको खोजी कार्य भइरहएको प्रहरीले जनाएको छ ।

यसै, बिच सर्लाहीको बरहथवामा करेन्ट लागेर एक वालिकाको ज्यान गएको छ । मोबाइल चार्ज गर्ने क्रममा गएराती करेन्ट लाग्दा बरहथवा नगरपालिका १० कि १३ वर्षिया मुस्कार कुमारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।