३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु उद्योग वाणिज्य संघले गर्यो ६ जना पत्रकारलाई सम्मान

२ आश्विन २०७२, शनिबार ०६:३५

दान बहादुर बुढा/असोज २, मुगु । मुगु उद्योग बाणिज्य संघले जिल्लामा आर्थीक क्षेत्रमा कलम चलाएर जिल्लाको उद्योग बाणिण्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मुगु जिल्लामा कृयाशिल ६ जना पत्रकारहरुलाई आफ्नो छैटौ अधिबेशनमा पत्रकारहरुलाई सम्मान गरेको छ ।

m

संघले आज जिल्ला विकास समितीको सभाहलमा आफनो छैटौ जिल्ला अधिवेशनको उदघाटन् समारोहमा जिल्लाको आर्थीक क्षेत्रमा लामो समय देखि कलम चलाएर योगदान दिएको भन्दै राष्टिय समाचार समितीका जिल्ला समाचारदाता नृपेन्द्रबहादुर मल्ल, रेडियो नेपालका जिल्ला समाचारदाता विनोद कुमार मल्ल, नागरिक दैनिकका जिल्ला समाचारदाता सुमन मल्ल, कान्तिपुर दैनिकका जिल्ला समाचारदाता राज बहादुर शाही, नेपाल टेलिभिजनका जिल्ला समाचारदाता कविराज कार्की र अन्नपूर्ण पोष्टका जिल्ला समाचारदाता जिवन सेजुवाललाई सम्मान गरेको हो ।

m1

उदघाटन समारोहलाई शुभ कामना दिदै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष सुमन मल्लले समाजका लागी दिनारात आफनो घर,परिवार नभनी खटिरहने पत्रकारहरुको कामको कदर गदै जिल्ला मै पहिलो चाटी पत्रकारहरुलाई सम्मान गरेर बाणिज्य संघले कामको सम्मान गर्ने परिपाटीको शुरुवात गरेकोमा धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी पुर्वमन्त्री हस्तबहादुर मल्ल,पुर्व सभाषद सोनाम छेजुम लामा र उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष एवं केन्द्रिय सदस्य नरविर रावतले गत बैशाख १२ गते गएको महाभुकम्पमा पडित परिवारका लागी मुगुमा उठाएको राहत संकलनमा सहयोग गर्ने महानुभावहरु, बाणिज्य संघको आर्थीक प्रशासनिक तथा भौतिक विकासमा योगदान दिने व्यक्तिहरुलाई सम्मान र महा भुकम्पमा परि विभिन्न जिल्लामा ज्यान गुमाउने मुगुका व्यक्तिहरुका परिवारहरुलाई ५/५ हजारका रुपयाँ दरले चारजना परिवारलाई राहत वितरण पनि समेत गरिएको थियो । आज उद्घाटन गरिएको मुगु उद्योग बाणिज्य संघको भोली शनिबार बन्ध सत्र भएर नयाँ कार्य समिती चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली