२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतङ्ककारीको मृत्यु

५ मंसिर २०८२, बिहीबार १४:०५

पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीहरूको मृत्यु भएको जनाएको छ ।

आतङ्कवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले विज्ञप्तिमा मार्फत जनाएको छ ।

“पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतङ्कवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इस्लामावादले नियमित रूपमा काबुललाई आतङ्कवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतङ्कवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतङ्कबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ ।

यद्देपी आक्रमणको जिम्मेवारी भने पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरु बन्द भएका छन् ।

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने