चैत ७, तेह्रथुम । आठ वर्षकी बालिका बलात्कार गरेको आरोपमा मोरङको सुन्दरदुलारी नगरपालिका–७ घर भई अहिले तेह्रथुमको ओख्रे–२ बस्दै आएका ६३ वर्षीय गंगाराम लुईँटेललाई प्रहरीले पक्राउ गरेको छ ।
लुईँटेललाई परिवार र बालिकाको उजुरीपछि शुक्रबार ओख्रे–२ स्थित उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुईँटेलले बुधबार बेलुका स्कुलबाट फर्कदै गरेकी बालिकालाई चिउरा र चकलेट खान दिन्छु भनी फकाईफुल्याई बलात्कार गरेको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान गरी इलाका प्रहरी कार्यालय बसन्तपुरले मुद्दा चलाउने तयारी गरिरहेको छ ।