दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा छाडा पशुका कारण पसले र यात्री हैरान

१८ आश्विन २०७४, बुधबार १२:३३

असोज १८, नवलपरासी । रामग्राम नगरपालिकामा छाडा पशुचौपायाको बिगविगीले यात्री र पसलहरुलाई समस्या भएको छ । 


दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपार गर्न कठिनाई भैरहेको छ भने सवारीसाधन र पैदल यात्रीहरुलाई समस्या भएको गुनासो गरे । एक महिनादेखि नवलपरासीको सदरमुकाम परासी बजारमा दर्जनभन्दा बढि छाडा पशुहरु दिनदहाडै घुमीरहेका छन् जसलाई नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।

बजारमा घुमिरहेका यि छाडा पशुहरु बाटोमा उभिने र बसिदिनाले सवारी साधन र पैदलयात्रीलाई आवत जावत कठिनाई भएको छ । एका तिर बजारमा बसपार्क र ठेल्ला व्यवस्थापन नभएकाले बाटो जाम भएको छ भने अर्काे तर्फ छाडा पशुहरुको बाटोमै हिडाईडुलाईले सवारी साधनहरु दुर्घटनाको जोखिममा पर्ने सम्भावना बढेको सवारी चालकहरु बताउछन् ।

त्यति मात्र होईन छाडा पशुहरु पसल अगाडी राखिएको बोर्ड र सरसमानहर चलाईदिने र खाने समानहरु खाईदिने समेत कार्यले पसलेहरु हैरान छन् । यि छाडा पशुहरुलाई जति लखेटेपनि एकछिन पछि त यिनका पल्टनै आउछन् । 

यिनलाई व्यवस्थापन गर्न रामग्राम नगरपालिका संग कान्जीहाउसै छैन । बजारमा घुम्ने साना पशु बाख्राहरुलाई व्यवस्थापन गर्न एकछिन नगरपालिका परिसर भित्र काम चलाउ कान्जी हाउस जस्तै एक कोठालाई व्यवस्थापन गरिएको छ भने ठुला चौपायाका लागि भने त्यो पनि व्यवस्था गरिएको छैन जसकारण एक महिनादेखि खुलेआम यि छाडा पशुचौपायाहरु बजारमा घुमिरहेका छन् । बजारमा घुमिरहेका छाडा पशुहरुको व्यवस्थापनमा नगरपालिकाले ध्यान नु¥याउँदा नगरपालिकाको स्थानियले चर्को आलोचना गरेका छन् । 

कान्जी हाउस नगरपालिकाको योजनामा छ यसलाई छिटो निर्माण गरि छाडा पशुचौपाया व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन