२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतद्वारा श्रीलङ्कालाई सहायता पठाउन पाकिस्तानी उडानलाई हवाई क्षेत्र प्रयोग गर्ने स्वीकृति

१७ मंसिर २०८२, मंगलवार १४:०९

नयाँदिल्लीले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको पाकिस्तानी मिडियामा प्रसारित दावीलाई अस्वीकार गर्दै चक्रवात प्रभावित श्रीलङ्कामा राहत सामग्री बोकेको पाकिस्तानको सहायता उडानलाई द्रुत स्वीकृति दिएको बताएको छ ।

पाकिस्तानले सोमबार भारतीय हवाई क्षेत्रमा उडान गर्न एक दिनको अनुमति माग्दै दिउँसो एक बजे अनुरोध पेश गरेको जनाउदै श्रीलङ्कालाई मानवीय सहायता प्रदान गर्ने असाधारण तथा द्रुत गतिमा अनुरोध बमोजिम स्वीकृति दिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

अनुमति आधिकारिक रूपमा सोमबार ५ः३० वजे (आईएसटी_ आधिकारिक च्यानलहरू मार्फत पाकिस्तान सरकारलाई सूचित गरि न्यूनतम चार घण्टाको सूचना अवधि भित्र निकासी प्रशोधन गरिएको उनीहरूले जनाएका छन् ।

अधिकारीहरूले पाकिस्तानले भारतीय एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध कायम राखे पनि विशुद्ध मानवीयताको आधारमा स्वीकृति दिएको बताएका छन् ।

भारतले सहायता उडानका लागि “हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेको“ दाबी गर्ने केही पाकिस्तानी मिडिया रिपोर्ट पछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।

अधिकारीहरूले आरोपहरू “आधारहीन र भ्रामक“ रहेको जनाएका छन् ।

हाल श्रीलङ्कामा चक्रवात दिटवाहको कारण ठूलो बाढी आउँदा राजधानी कोलम्बोका केही भागहरूमा कम्तीमा ३३४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतले चक्रवात दिटवाहको आपतकालीन प्रतिक्रियाको एक हिस्साको रूपमा “अपरेसन सागर बान्धु” अन्तर्गत श्रीलङ्कामा ५३ टन राहत सामग्री पठाएको जनाइएको छ ।

भारतले कोलम्बोमा उद्धार कार्यमा सहयोग गर्न दुई भारतीय जहाजबाट साढे नौ टन आपतकालीन राशन टेन्ट, तिरपाल, कम्बल, तयारी खाद्य पदार्थ, औषधि र चिकित्सा उपकरणहरू पठाएको जनाएको छ । यसैबीच मेडिकल टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) को ८० व्यक्तिको विशेष शहरी खोजी र उद्धार (युएसएआर) टोली सहित थप साढे ३१ टन राहत सामग्री एयरलिफ्ट गर्न भारतीय वायुसेनाका तीन विमानहरू तैनाथ गरिएको जनाइएको छ ।

नयाँदिल्लीले भारतीय नौसेनाको जहाज सुकन्या (ट्रिन्कोमालीमा) मा थप १२ टन राहत आपूर्ति पठाएकोसमेत गरी कुल ५३ टन खाद्यान्न पुगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने