२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

१७ मंसिर २०८२, मंगलवार १४:५८

काठमाडौँ | जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक बनाउने २०औँ खेलाडी बनेका छन् । उनले आज चितवन राइनोजकाविरुद्ध २४ बल खेल्दै तीन छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

यसअघि आजै जनकपुरविरुद्घ पहिलो इनिङमा चितवनका ओपनर ब्याटरद्वय डेविड मलान र अर्जुन साउँदले पनि अर्धशतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा हालसम्म अर्धशतकको सङ्ख्या २४ पुगेको छ ।

जारी प्रतियोगितामा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई तथा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह र ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, पोखराका सुमित बर्मा, एडम रोसिङटन र जिमी निशम, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेखले एक÷एक अर्धशतक बनाएका थिए । कर्णालीका मार्क वाट जारी प्रतियोगितामा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने