२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

यौन सम्पर्क गर्दै गर्दा काका र श्रीमतिको हत्या

१७ आश्विन २०७२, आईतवार ०८:४९

असोज १७, मुगु / आफनो श्रीमति र काका नाता पर्ने बिच यौन सम्र्पक गर्दा गर्दै फेला पारे पछि कार्कीबाडा गाबिस ५ निबासि एक युवकले हसिया प्रहार गरि दुबै जना लाई हत्या गरेका छन ।

mugu ma hatya

कार्कीबाडा गाबिस ५ निबासि २५ बर्षिया धर्म राज बिकले आफनो २० बर्षिया श्रीमति पुतलि बिक र आफनै घर साँक पर्ने २७ बर्षिया काका जगेन्द्र बिक बिच लामो समय देखि यौन सम्र्पक हुदै आएको संका लागेको र शनिबार राति १० बजे दुबै बिच छिमेकिको घरको छत भित्र यौन सम्र्पक गर्दै गर्दा भेटिए पछि दुबै लाई फरक फरक स्थानमा हसिया प्रहार गरि हत्या गरिएको हो ।

hatya 2

हत्या गरिएका जेगेन्द्र लाई लखेटेर यौन सम्र्पक भएको स्थान देखि ४ सय मिटर टाढा ताल्चा गमगढी सडक खण्ड पाटपोटेनि भन्ने स्थानमा पहिलो टाँउकामा ढुङ्गा प्रहार गरि ढालेपछि हसियाले घाँटी रेटे लगत्तै ३ मिनेट पछि घरमा रहेकि श्रीमति लाई हसिया प्रहार गरेर हत्या गरेको अभियुत्त धर्मराजले बताउका छन ।

आफनो श्रीमति संग लागेको बैषाख ४ गते देखि संकालागेको भएपनि यसरी रङ्गे हात नभेटाएकाले केही गर्न नसकेको र शनिबार राति आफु सगै सुतेको बखत आफु निदाएका बेला १० बजे संगै सुतेको छोरा रोएको कान्छो भाईले थाहा दिए पछि काखमा सुतेकि श्रीमति नभेटाएपछि खोजिमा जाँदा आफनो घर नजिकको छिमेकिको घरको छतमा यौन सम्र्पक गर्दा गर्दै भेटाएकाले घर बाट लगेको हसियाले हत्या गरेको प्रहरी लाई बयान दिएका छन ।

चार सन्ताका बाबु भएका हत्या गरिएका जगेन्द्र र एक बच्चा भएकि पुतलिको लामो समय देखि यौन सम्र्पक भए नभएको हामि नजिकका कसैलाई पनि संक नरहेको नाताले सुसुरा बुहारी पर्ने भएकाले संका गर्ने बिषयनै नभएको एक्कासि हत्या पछि मात्र यो कुरा खुल्न आएको यसरी निर्मम रुपले हत्या गर्नु भन्दा बरु केटि लाई केटाको जिम्मा लगाई दिएको भए हुन्थ्यो हत्या गरिएका जगेन्द्रको चार नाबालक छोरा ७० बर्षकि आमा र श्रीमतिको के हालत हुने हो उता अभियुक्तको २२ महिनाको छोरा छ जिल्लामै नघटेको घट्ना घट्यो हत्या गरिएका गजेन्द्रका दाई भुमि चन्द्र बिकले बताए ।

दुबै जनाको हत्या गरेपछि २२ महिनाको छोरो लाई काखमा लिई अभियुक्तले हत्यामा प्रयोग गरिएको हसिया सहित राति ११ ३० बजे आफनो घर देखि १५ मिनेट टाढा रहेको नेपाल प्रहरीको बिमान स्थल सुरक्षा ताल्चा प्रहरी चौकिमा आत्म सर्मपर्ण गरी आफुले हत्या गरेको स्विकार गरेपछि रातिनै डिएस्पि सोम बहादुर थापाको कमाण्डमा प्रहरी पुगि हत्या गरिएका लास र घटना स्थल आफनो नियन्त्रणमा लिएको र आईतबार बिहानै प्रहरीले घट्ना मुचुल्का गरि पिडितको जाहेरी पछि पोष्टमार्टम गरि लास सम्बन्धित परिवार लाई बुझाई अभियुक्तको म्याद थप गर्ने डिएस्पि सोम बशादुर थापाले बताएका छन ।

दुबै जनाको हत्या पश्चात सोकाकुल बनेको कार्कीबाडा गाबिस ५ लुवारबाडाको दलित बस्ति शोकाकुल बनेको छ । जिल्लामै पहिलो पटक घटेको यो घट्नाले सबै लाई त्रसित समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान