२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी

१९ मंसिर २०८२, बिहीबार १३:५७

इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहिबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि शवको अवशेष पहिचान गरिएको छ ।

हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।

“पहिचान प्रक्रिया अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मिलेर थाई नागरिकको शव पहिचान गरी परिवारलाई अन्तिम सस्कारका लागि फिर्ता गरिएको सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ । कृषिमा काम गर्ने सुदथिसाक रिन्थालक सन् २०२३ अक्टोबर–७ कै दिनमा मारिएको र शव गाजा पट्टीमा लगेर राखिएको सेनाले जनाएको छ ।

वासिङ्टनले मध्यस्थता गरेको सम्झौताको पहिलो चरण अन्तर्गत प्यालेस्टिनी लडाकुहरूले अन्तिम २० जना जीवित बन्धकहरूलाई हस्तान्तरण गरिसकेको र २८ जना मृतक मध्ये अहिलेसम्म २७ जनाको अवशेष पहिचान गरि बुझाईसकेको जनाइएको छ ।

इजएली सेनाका अनुसार सुम्पिने अन्तिम मृत बन्धक इजरायली नागरिक रहेको पहिचान भएको छ ।

यसको बदलामा, इजरायलले आफ्नो हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीहरूको शव फिर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने