2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पारिवारिक बेमेलका कारण अपराधिक क्रिया क्लाप बढ्दो

दान बहादुर बुढा, असोज २४, मुगु / घरमा परिवार भित्रको बेमेलका कारण आत्महत्या गर्नेको संख्या बढि रहेको एक तथ्याकंले देखाएको छ ।
घरमा श्रीमान श्रीमती बीचको द्धन्द्धले चर्को रुप लिए पछि श्रीमान वा श्रीमती मध्य एकले आत्म हत्या गर्ने, एकले अर्कोको हत्या गर्ने गरेको पाईएको छ । मदिरा सेवनका कारण घरमा झैं झगडा पर्ने र यसले चर्को रुप लिए पछि हत्या र आत्म हत्या गर्ने , विषादी सेवन गर्ने तथा समाजमा अन्य खालका अपराधिक गतिविधी बढि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सोमबहादुर थापाले बताए । समाजमा हुने यस्ता खालका अपराधलाई नियन्त्रण गर्न सबै भन्दा पहिले मदिरा नियन्त्रण गर्नु पर्ने थापाको भनाई छ ।

अपराधलाई नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने भएकाले स्थानीय नागरिकले पनि अभियानका रुपमा लाग्नु पर्ने प्रहरीको बुझाई रहेको छ ।
असोज १६ गते राती श्रीमती आफ्नै काका पर्ने संग सुतिरहेको भेटाए पछि कार्की वाडा गाविस वडा नम्बर ५ का धर्मराज विकले जगेन्द्र विक र आफ्नी श्रीमती पुतली विकलाई हँसियाले घाँटी काटेर हत्या गरे । हत्या पछि २२ महिनाको छोरा, ८ वर्षको कान्छो भाई र आफुले प्रहार गरेको हँसिया सहित उनि प्रहरीकोमा आफै पुगे ।

त्यस्तै असोज १७ गते विहान घरमा श्रीमतीसंग झगडा परे पछि बजारमा मदिरा सेवन गरि श्रीनगर गाविस वडा नम्बर ५ चैन गाउँका सुर्यबहादुर हमालले दिउसो मुगु कर्णालीमा हाम फालेर आत्म हत्या गरे । त्यसको केही दिन पछि असोज २३ गते श्रीमतीसंगको झगडाका कारणले नै रुगा गाविस वडा नम्बर ३ रुगा गाउका २६ वर्षीय गोविन्द्र बुढथापाले पनि मदिरा सेवन गरि नदिमा नै हाम फालेर आत्म हत्या गरेका छन ।

गएको जेठ १३ गते घरमा विवाह गर्न केटा खोज्ने विषयमा विवाद भए पछि श्रीनगर गाविस वडा नम्बर ९ ईमा गाउँकी १६ वर्षीया सत्यदेवी खडकाले पनि नुहाउने वाहना बनाएर नदिमा नै हाम फालेर आत्म हत्या गरेकी थिईन । पर्सा जिल्ला पर्सेनी घर भई हाल मुगु जिल्ला रारा गाविस स्थित तारा पानी भन्ने स्थानमा अर्काको औषधी पसलमा काम गर्दै आएका रोहितकुमार यादबले असोज १६ गते मुगु कर्णालीमा पौडि खेल्ने भन्दै आत्म हत्या गरेका छन ।

दिन प्रति दिन जिल्लामा हत्या आत्म हत्या र अन्य अपराधिक क्रियाक्लाप बढि रहे पनि खासै नियन्त्रण हुन सकेको छैन । तर जिल्ला प्रहरी कार्यालयले विगत भन्दा यो वर्ष यस्ता घटनाहरुमा कमि आएको दावी गरि रहेको छ । प्रहरीका अनुसार अव जिल्ला भरिमा मदिरा, तास जुवा यस्ता गतिविधीबाट हुन सक्ने अपराधलाई नियन्त्रण गर्न जन चेतना मुलक अभियान सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित