2026-11-11 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्नेछन् । अमेरिकी पक्षले दुवै पक्षको सहमतिअनुसार वास्तविक प्रगति रूसको दीर्घकालीन शान्तिप्रतिको गम्भीर प्रतिबद्धतामा निर्भर गर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले यूक्रेनी उच्च वार्ताकार रुस्तेम उमेरोभ र कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभसँग छलफल गर्दै आएका छन् ।
यी वार्ता रूससँगको भेटपश्चात सुरु भएका हुन् । विटकफ र कुशनरले मङ्गलबार क्रेमलिनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी प्रस्तावबारे छलफल गर्नुभएका थिए ।
अमेरिका र यूक्रेनले सुरक्षा व्यवस्थाको आधारभूत ढाँचा र दीर्घकालीन शान्ति कायम राख्न आवश्यक प्रतिरोध क्षमता विषयमा पनि सहमति जनाएका छन् ।

अमेरिकाको प्रस्तावअनुसार, यूक्रेनले ती भूभाग समर्पण गर्न तयार छ, जुन रूसले युद्धभूमिमा कब्जा गर्न सकेको छैन । प्रारम्भिक योजनामा कीएभको रक्षा गर्न पोल्याण्डमा सेनाको आधार स्थापना गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।
यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भन्नुभयो,“कूटनीतिक प्रक्रिया प्रायः पर्दाभित्र सञ्चालन हुन्छ । यूक्रेन युद्ध अन्त्य गर्न तयार छ र अमेरिका छिटो समाधान खोज्न इच्छुक छ, दुवै पक्षबाट समझौता अपेक्षित छ ।”

यता, रूसले कीएभ क्षेत्रमा ड्रोन र मिसाइलद्वारा आक्रमण गरेको जानकारी प्राप्त भएको छ । क्षेत्रीय गभर्नर मिकोला कालाश्निकका अनुसार तीन जना घाइते भएका छन् । रूसको रक्षा मन्त्रालयले विगत राति ११६ यूक्रेनी ड्रोन नष्ट गरिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने