2026-11-11 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम

इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाले पहिले नै बाढीबाट प्रभावित क्षेत्रलाई थप चुनौतीपूर्ण अवस्था सिर्जना गर्ने सङ्केत देखिएको छ । अचे प्रान्तका गभर्नर मुजाकिर मनाफका अनुसार मृतकको सङ्ख्या ८८३ भन्दा बढी हुन सक्ने सम्भावना छ, जसको मुख्य कारण भोकमरी रहेको छ ।

सुमात्रा र दक्षिण तथा दक्षिणपूर्व एशियामा आएको उष्णकटिबंधीय तूफान र वर्षाले बाढी निम्त्याएको छ । गत हप्तादेखि इन्डोनेसिया, श्रीलङ्का, मलेसिया, थाइल्याण्ड र भियतनाममा प्राकृतिक प्रकोपका कारण एक हजार ७७० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

इन्डोनेसियाको मौसम विभागले अचे र उत्तर सुमात्रामा पुनः वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी क्षेत्रमा बाढीले सडक बगाएको, घर माटोले ढाकिएको र आपूर्ति रोकिएको अवस्था छ । गभर्नर मनाफले भन्नुभयो,“ टोलीहरूले अझै माटोमा शव खोजिरहेका छन् । यसैबीच, सबैभन्दा ठूलो चुनौती भोकमरी बनेको छ ।”

गभर्नरले बताए, “धेरै क्षेत्र अझै पहुँचविहीन छन् । मानिसहरू बाढीका कारण मर्दैनन्, तर भोजन अभावले पीडित छन् ।” अचे टामियाङ्ग क्षेत्रमा केही गाउँ पूर्ण रूपमा बाढीले प्रभावित भएका छन् ।

अचेका बासिन्दा मुनावर लिजा जैनलले सरकारले तत्काल राष्ट्रिय प्रकोप घोषणा नगरी बस्दा आफूलाई निराश महसुस भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“यो असाधारण प्रकोप हो, जसका लागि विशेष उपाय आवश्यक छ । यदि राष्ट्रिय प्रकोप पछि मात्र घोषणा गरिन्छ भने त्यसको प्रभाव सीमित हुन्छ ।”

विश्लेषकहरूले राष्ट्रिय प्रकोप घोषणा ढिला हुनुको सम्भावित कारण अतिरिक्त विदेशी सहायता प्राप्त गर्ने प्रयाससँग सम्बन्धित हुन सक्ने सुझाव दिएका छन् । तर सरकारले स्थिति व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरेको छ ।

सुमात्राका अन्य भागमा बाढी फिर्ता गएको र नदीको स्तर घट्दा क्षतिको वास्तविक परिमाण स्पष्ट हुँदै गएको छ । इन्डोनेसियामा मृतकको सङ्ख्या शनिबार बिहान ८८३ पुगेको छ भने ५२० जना अझै बेपत्ता छन् ।

श्रीलङ्कामा ६०७, थाइल्याण्डमा २७६, मलेसियामा दुई र भियतनाममा दुई जनाको मृत्यु भएको छ ।
जलवायु परिवर्तनका कारण वर्षा अब अझ अनियमित र अप्रत्याशित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने