
काठमाडौँ | नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार शितल निवासमा पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठ सिंहदरबारस्थीत मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्री श्रेष्ठलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गर्नुभएको छ । सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परिक्षण गरि लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उदेश्यका साथ लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठ यसअघि पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहनुभएको थियो ।