३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै

२८ मंसिर २०८२, शनिबार १३:०१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ ।

थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो । यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ ।

शनिबार थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताउनुभयो । बैङ्ककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५ः५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो ।
कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ । यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिनुभयो ।

शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्यान्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गर्नुभएका थिए । तर दुवै पक्षले युद्धविराम उल्लङ्घनको आरोप एक–अर्कामाथि लगाइरहेका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताउनुभएका छन् भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन् । थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ ।

यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो । तर सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो ।

सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशङ्का व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन