१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पक्राउ परेका सीमा रक्षक देवनारायण यादव छुटे

२१ आश्विन २०७४, शनिबार १५:५७

असोज २१, राजविराज । भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् । 

सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 

यही असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुपौलको कुनौली थाना गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ गरेका देवनारायण र उनका छोरा अजय विरुद्ध भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको थियो । भारतको कुनौलीकी १८ वर्षीया ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेकी थिइन् । 

ती युवतीका परिवारजनले कुनौली थानामा अपहरणसम्बन्धी उजुरी दिएपछि अजय र उनका बुबा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएको प्रहरी स्रोतबाट बुझिएको छ । 


गत २०७३ साउन १३ गते दशगजा क्षेत्रअन्तर्गत नेपाल–भारत सीमामा पर्ने तिलाठीस्थित भारतीय पक्षले बनाएको अवैध बाँध भत्काएको विषयमा देवनारायणकै अगुवाइमा भारतीय र नेपालीबीच झडप भएको थियो । सोही घटनाको बदलास्वरुप उहाँ र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन