2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चमेलिया जलविद्युत आयोजनाबाट डिसेम्बरदेखी बिद्युत उत्पादन सुरु हुने

लोकेन्द्र प्रशाद जोशी/असोज २२, दार्चुला । निर्माण सम्पन्न गर्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि दार्चुलामा निमार्णाधिन बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजना को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

२००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बर अर्थात साढे १५ अर्ब पुग्ने देखिएको छ ।

३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माणाधिन यो आयोजना प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी सिजिजिसीले गरिरहेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिसनको काम कोरीयनले कन्ट्याक्टरले गरिरहेको छ ।

अहिले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परिक्षण भइरहेको छ । 

काम अन्तिम चरणमा पुगेकाले दार्चुलाको शैल्यसिखर नगरपालीकाको बलाँचमा निर्माणाधिन रहेको चमेलिया जलविद्युत आयोजनाले आउँदो डिसेम्बर महिनामा बिद्युत उत्पादन सुरु गर्ने आयोजना प्रमुख अजय कुमार दहालले बताउँनुभयो ।

यो आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर ७ को लोडसेडिङ अन्त्य हुने बिस्वास लिइएको छ । तर सबस्टेशन निमार्ण कार्यको ढिलाइका कारण यति ठुलो आयोजना जिल्लामै उत्पादन गरेरपनि दार्चुला बासीले भने अझै केहि बर्ष अन्धकारमै बस्नुपर्ने बाध्यता रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई