२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चमेलिया जलविद्युत आयोजनाबाट डिसेम्बरदेखी बिद्युत उत्पादन सुरु हुने

२२ आश्विन २०७४, आईतवार ०३:५१

लोकेन्द्र प्रशाद जोशी/असोज २२, दार्चुला । निर्माण सम्पन्न गर्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि दार्चुलामा निमार्णाधिन बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजना को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 


२००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बर अर्थात साढे १५ अर्ब पुग्ने देखिएको छ ।

३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माणाधिन यो आयोजना प्रदेश नम्बर ७ कै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी सिजिजिसीले गरिरहेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिसनको काम कोरीयनले कन्ट्याक्टरले गरिरहेको छ ।

अहिले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परिक्षण भइरहेको छ । 

काम अन्तिम चरणमा पुगेकाले दार्चुलाको शैल्यसिखर नगरपालीकाको बलाँचमा निर्माणाधिन रहेको चमेलिया जलविद्युत आयोजनाले आउँदो डिसेम्बर महिनामा बिद्युत उत्पादन सुरु गर्ने आयोजना प्रमुख अजय कुमार दहालले बताउँनुभयो ।

यो आयोजना सञ्चालनमा आएपछि प्रदेश नम्बर ७ को लोडसेडिङ अन्त्य हुने बिस्वास लिइएको छ । तर सबस्टेशन निमार्ण कार्यको ढिलाइका कारण यति ठुलो आयोजना जिल्लामै उत्पादन गरेरपनि दार्चुला बासीले भने अझै केहि बर्ष अन्धकारमै बस्नुपर्ने बाध्यता रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य