२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

४ पुष २०८२, शुक्रबार १६:५६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

वर्षको अन्त्यमा आयोजित उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले रुसी सेनाले ‘रणनीतिक पहललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको’ दाबी गर्नुभयो र वर्षको अन्त्यसम्म थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार युद्धभूमिमा रुसको स्थिति क्रमशः मजबुत बन्दै गएको छ ।

रुसको ठूलो र सुसज्जित सेनाले पछिल्ला महिनाहरूमा युक्रेनमा अपेक्षाकृत सुस्त भए पनि स्थिर प्रगति गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित वार्षिक प्रत्यक्ष समाचार सम्मेलनलाई राष्ट्रव्यापी कल–इन कार्यक्रमसँग जोडिएको थियो, जसले देशभरका रुसी नागरिकहरूलाई करिब २५ वर्षदेखि देशको नेतृत्व गरिरहनुभएका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गर्दछ । राष्ट्रपति पुटिनले यस मञ्चलाई आफ्नो राजनीतिक प्रभाव सुदृढ पार्न तथा घरेलु र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो धारणा सार्वजनिक गर्न नियमित रूपमा प्रयोग गर्दै आउनुभएको छ ।

यस वर्षको सम्मेलनमा विशेषगरी युक्रेन युद्ध र त्यससँग सम्बन्धित अमेरिकी समर्थनमा अघि सारिएको शान्ति योजनामाथि राष्ट्रपति पुटिनले के प्रतिक्रिया दिनुहुन्छ भन्ने विषयलाई पर्यवेक्षकहरूले चासोका साथ हेरिरहेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा सेना पठाएपछि सुरु भएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न व्यापक कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर वासिङ्टनको पहल मस्को र किएभका एक–अर्कासँग ठोक्किने मागहरूका कारण ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

राष्ट्रपति पुटिनले द्वन्द्वका ‘मूल कारणहरू’ लाई सम्बोधन गर्ने शान्तिपूर्ण समाधानका लागि मस्को तयार रहेको दोहो¥याउनुभयो । यो अभिव्यक्तिलाई क्रेमलिनले अघि सारेका कडा सर्तहरूसँग जोडेर हेरिएको छ । यसै हप्ताको सुरुमा उहाँले किएभ र त्यसका पश्चिमी सहयोगीहरूले मस्कोका मागहरू अस्वीकार गरेमा रुसले युक्रेनमा आफ्नो सैन्य लाभ थप विस्तार गर्न खोज्ने चेतावनी पनि दिनुभएको थियो ।

रुसी नेताको चाहना अनुसार हाल रुसी सेनाले नियन्त्रणमा लिएका युक्रेनका चार प्रमुख क्षेत्रहरूका साथै सन् २०१४ मा अवैध रूपमा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उहाँको अडान छ । साथै, उहाँले युक्रेनलाई पूर्वी युक्रेनका केही क्षेत्रहरूबाट फिर्ता लिन आग्रह गर्नुभएको छ, जहाँ हालसम्म मस्कोको सेनाले पूर्ण नियन्त्रण स्थापित गरिसकेको छैन । यी मागहरूलाई किएभले स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै