2026-10-28 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

म प्रतिको ध्यानकृष्ट, टिकट नपाओस भन्ने षडयन्त्र: चन्द्र केसी

प्रेम सुनार/असोज २२, गुल्मी । नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति तथा महासमिति सदस्य चन्द्र केसीले गत स्थानिय तहको निर्वाचनमा आफुले पार्टीलाई असहयोग गरेको भन्दै पार्टीले केन्द्रको ध्यानकृष्ट गराउनु भनेको अव हुन गई रहेको प्रदेश र संघिय तहको निर्वाचनामा आफुलाई टिकट दिनबाट केन्द्रलाई रोक्ने केहि पक्षले षडयन्त्र गरेको  बताएका छन् । 

शनिवार अर्की महासमिति सदस्य तथा पुर्व  वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वारचन ( कान्छि दिदी ) र नेता चन्द्र केसीलाई गुल्मी जिल्ला पार्टीले असहयोग गरेको र पार्टीको निर्देशनलाई अटेरी गरेको भन्दै केन्द्रको ध्यानकृष्ट गराउने निर्णय गरेको समाचार आए लगत्तै आज सदरमुकाममा केसीले पत्रकार सम्मेलन गरेर यस्तो प्रतिकृया दिएका हुन् । 

‘अंस्ती पहिलो दिनको बैठकमा म पनि गएको थिएँ , साथीहरुले अपेक्षा गरे अनुरुपको सहयोग स्थानिय तहको निर्वाचनमा म आफुबाट नभएको कुरा राख्नु भएको हो, दोश्रो दिन म आफुलाई बोलाईएन् । सचिव खिलध्वज पन्थीलाई फोन गर्दा पार्टी सभापतिलाई फोन गर्नुस् भन्नु भयो , मैले पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई फोन गर्दा उठाउनु भएन्’– केसीले भने –‘मलाई  थप कुरा राख्ने मौका नदिई एकलौटी ढंगले त्यस्तो निर्णय गरिए छ ।’

उनले अवको दुई नम्वर क्षेत्रबाट आफुलाई पहिलो नम्वरमा संघिय सांसदको टिकटका लागि जिल्ला पार्टीले सिफासि गरे पनि केहि पक्षधरले केन्द्रले टिकट नदेओस् भन्ने संकेतका रुपमा यस्तो निर्णय वाहिर ल्याएको दुखेसो गरे । ‘मैले कांग्रेस उमेदवारलाई जिताउनका लागि सके सम्मको सक्रियता देखाएको हुँ, तर केहि साथीहरुले हामीले हिजो अपेक्षा गरे अनुरुपको मत आउन नसकेर हार्नु भयो , केसीले थपे–‘त्यसमा दोष अरुलाई थोपर्नु गलत हो । ’

उनले पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई संकेत गर्दै भने ‘रेसुङ्गा नगरपालिकामा मेयरको टिकटका लागि यसपाली शालिक पन्थीलाई मौका दिऔं मैले भनेको हो, त्यसैले होला त्यस्तो खालको निर्णय गरियो र यस्तो खालको म विरुद्ध गलत प्रचार बाहिर ल्याईयो  । ’  

उनले नेपाली कांग्रेस गुल्मीमा कुनै गुट नभएको जिकिर गदै भने– ‘मलाई टिकट दिईयो भने सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नृे छ र मैले चुनाव जित्ने छु । ’उनले जिल्ला पार्टीले कान्छि दिदी र आफुलाई  पार्टीले केन्द्रको ध्यानकृष्ट गराउने निर्णय नगरेको , खाली सामाजिक सञ्जालमा कपोकल्पीत  कुराहरु आएको भन्दै खण्डन गरेका थिए । तर आज पत्रकार सम्मेलनमा भने केसीले  आफु  र ,नेतृ कान्छि दिदीलाई पार्टीले केन्द्रको ध्यानकृष्ट गराउने  निर्णय गरेको कुरा स्वीकार गरे ।

यस सम्वन्धमा पार्टी उपसभापति विष्णुप्रसाद वलालले पनि  जिल्ला पार्टीको बैठकले उहाँहरु दुवैलाई केन्द्रको ध्यानकृष्ट गराउने निर्णय भएको बताए । कोषाध्यक्ष हरि केसी संग सम्पर्क राख्दा उनले भने–‘अपेक्षाकृत उहाँबाट सहयोगन नपाएको बैठकमा विषय उठेको  र उठ्नु स्वभाविक पनि हो, तर केहि मिडियामा आएका कुरा  जस्तो  चन्द्र केसी ज्यु जस्तो पार्टीको आदरणीय ब्यक्तिको योगदान र छविमा आँच आउने खालको कुनै निर्णय भएको छैन् , ध्यानकृष्ट गराउने निर्णय मात्र भएको हो । 

पार्टी सचिव खिलध्वज पन्थीले पनि उक्त निर्णय पार्टीको पुणै बैठकले सर्वसम्मत ढंगबाट गरेको बताए ।  सचिव पन्थीले स्थानिय निर्वाचनमा छत्रकोट गाउँपालिकामा पार्टीका आधिकारिक उमेदवारका विरुद्ध वाघी उमेदवारी दिने हुँगा गाउँ कार्य समितिका पार्टी सभापति महेश्वर भण्डारीलाई पनि जिल्ला पार्टीले कार्वाही गरेको जानकारी दिए । नेपाली कांग्रेस क्षेत्रिय समितिले भण्डारीलाई समानुपातिक प्रदेश सदस्यका लागि सिफारिस गरेर पठाए पनि केसी र कान्छी दिदीलाई निर्णय गर्ने बैठककै दिन भण्डारीको उक्त टिकट जिल्ला पार्टीले रोक्का गरेर कार्वाही गरेको बताए । 

उहाँहरुलाई पार्टीले गरेको कावाही नै हो: सभापति श्रेष्ठ 

पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले उहाँहरु दुई जनालाई केन्द्रको ध्यानकृष्ट गराउने निर्णय गर्नु भनेको पार्टीले गरेको एउटा कार्वाही नै हो भनेका छन् । उनले भने–‘स्थानिय तहको निर्वाचनमा उहाँले बकैदा असहयोग गरेकै हो, रेसुङ्गा नगरपालिको मेयरमा २५ सय मतले अगाडी हुने कांग्रेसलाई  १ सय ५० मतले पराजित हुने बनाएकै हो ।

यो वा त्यो व्यक्ति भनेर अहिले तोकि रहनु आवस्यक छैन दुई दिन सम्म बसेको जिल्ला पार्टीको बैठकले गभ्भीर छलफल गरेर यस्तो निर्णय गरिएको हो, जसलाई कार्वाहीका रुपमा बुझ्न जरुरी छ ।’ 

श्रेष्ठको यो भनाईबाट  केसीलाई सांसदको टिकटको सिफारिस र कार्वाही एकै साथ भएको बुझ्न सकिन्छ ।  हातले प्यार पुर्वक  सुम्सुमाउने र लात्ताले हान्ने चतुर मुक्केवाज खेलाडीको खेल राजनीति भित्रमा पनि हुने गरेको छ र  यसलाई पनि त्यसरी नै बुझ्नु पर्ने यहाँको राजनैतिक बृत्तमा चर्चा परिचर्चा  छ ।

‘कान्छि दिदीको सांसद विकास कोष आफु खुशी ’

सभापति भुवनप्रसाद श्रेष्ठले नेतृ  तथा  पुर्व वाणिज्य राज्य मन्त्री सुवर्ण ज्वारचन ( कान्छि दिदी ) को सांसद विकास कोषको रकम आफु खुशी विनियोजित हुँदै आएको खुलासा गरे । श्रेष्ठले भने–‘ गुल्मी जिल्लामा नेपाली कांग्रेसको ६० हजार मतबाट बनेकी उहाँ समानुपातिक सांसद हो । 

उहाँले सिङ्गो जिल्लाको विकास हेर्नु पर्ने दायित्व हो ,  तर उहाँले समानुपातिक सांसदको मर्म र दायित्व विपरित  सांसद विकास कोषबाट विनियोजित हुने विकास निर्माणमा चोरकाटे लगायतका सिमित क्षेत्र भन्दा माथी उठ्न सक्नु भएन् , आफु खुशी चल्नु भयो। ’

उहाँलाई जिल्ला पार्टीले जिल्लाको समग्र विकासलाई सम्वोधन गर्ने गरे रकम विनियोजन गर्न  निर्देशन दिदा समेत  त्यसको अवज्ञा गर्नु भयो । उनले थपे–‘चुनावमा उहाँले पार्टीको चुनावी रणनीति विपरित बोले, हिडेको कुरा त पार्टीलाई मात्र होईन विपक्षीहरुले समेत सुने, बुझेका छन् ।  

यसर्थ पार्टी नीति निर्देशन विपरित हिड्ने जोही कोहीलाई पार्टीले छाड्दैन् । यो निर्णयबाट अरु नेता , कार्यकर्तालाई पनि अव हुन गई रहेको निर्वाचनमा चेत पसोस भन्ने पार्टीको चेतावानी हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु