२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम विजयी

२२ आश्विन २०७४, आईतवार १३:५३

सम्राट सिंह/असोज २२, बझाङ । जिल्लाको धार्मिक तथा ऐतिहासिक सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको छ । 

असोज १९ गते पूर्णिमाको दिनदेखि संञ्चालन भएको सिलदेवि मेलामा आयोजना गरिएको प्रदेश स्तरिय भलिबल प्रतियोगितामा कञ्चनपुर टिम बिजयी भएको हो ।

प्रदेश स्तरिय ६ टिमबिच प्रतिष्पर्धा भएको उक्त भलिबल प्रतियोगितामा कञ्चनपुर टिम प्रथम, बझाङ टिम दोस्रो भएको भलिबल संघ बझाङका अध्यक्ष शिक्षाप्रेमी जोशी बताए ।  

यस्तै महिला खुला भलिबल प्रतियोगितामा बझाङ जिल्लाका ८ वटा टिम खेलमैदानमा उत्रेका थिए । महिला भलिबल प्रतियोगितामा तेस्रो आँखा टिम पहिलो र बझाङ सार्वजनिक यातायात टिम दोस्रो भएको उनको भनाइ छ । 

प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार तथा दोस्रो हुनेलाई ७५ हजार पुरस्कारको व्यवस्था गरिएको थियो भने महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १५ हजार पुरस्कार व्यवस्था गरिएको थियो ।

प्रदेश स्तरिय भलिबल प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समितिले गरेको थियो भने महिला भलिबल प्रतियोगिताको आयोजना बझाङ सार्वजनिक यातायात र सुलोन पोल्टिफोमले गरेको थियो । विजयी टिमहरुलाई आजै प्रमाणपत्र सहित सम्मान गरी पुरस्कार समेत बितरण गरेको छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली