पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात आतङ्ककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थानीय समय अनुसार विहान करिब ८ः४५ मा आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।
प्रहरीले तुरुन्तै जवाफी गोली चलाउदा लगभग एक घन्टा सम्म झडप चलेको जनाइएको छ ।
गाडीमा सवार रहेका सबै पाँच जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु स्रोतले बताएको छ ।
आक्रमणपछि आतङ्ककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको स्रोतले जनाएको छ ।
अहिले सम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ ।