पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा ग"/>
2026-09-19 12:40 PM
पर्बत - PBT

निशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परिक्षण

पर्वत । पर्वतमा संचालन भएको दुई दिने निशुल्क मुटुरोग शिविरमा झण्डै ८ सय जनाको स्वास्थ्य परिक्षण भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा संचालन गरिएको दुइदिने शिविरमा गरी ८ सय भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको थियो ।

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटु रोग विशेषज्ञ डाक्टरहरुले विरामीहरुको निशुल्क मुटुरोग परिक्षण गरेका थिए । मुटुरोगी मध्ये अधिकांस उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएकाहरु हुने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले बताए । शरीरमा बढी बोसो जमेमा मुटुरोग लाग्ने सम्भावना प्रवल हुने उनले बताए ।

दैनिक व्यायामले रोग न्युनिकरणमा सघाउने उनले सल्लाह दिए । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ । छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउने जस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न सल्लाह दिनुभयो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरेका थिए । उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । उनले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताए । उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो