Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

अक्षयकोष निर्माणका लागि विद्धालयलाई नगद हस्तान्तरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङको एक विद्धालयलाई ओखलढुंगाका समाजसेवी मान बहादुर राईले विद्धालय अक्षयकोष खडा गर्नका लागि नगद एक लाख रकम हस्तान्तरण गरेका छन् ।

‘चक्रवहादुर राई ल्याफ्टिनेन्ट जितवहादुर राई स्मृती छात्रावृती २०७४’ नामक अक्षयकोष निर्माण गर्न ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका एक निवासी राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ वाहुनीडाँडा जयरामघाटमा रहेको दुधकोसी आधारभुत विद्धालयलाई अक्षयकोषका लागी उतm रकम हस्तान्तरण गरेका हुन् ।

सानोमा सोही विद्धालयमा अध्ययन गरेका राईले आईतवार विद्धालय व्यवस्थापन समितीका अध्यक्ष भविलाल राईलाई नगद हस्तान्तरण गरेका हुन् । प्राप्त नगदलाई वैंक खाता खोलेर जम्मा गरिने अक्षयकोषको व्याजवाट आएको रकमले विद्धालयमा अध्ययनरत छात्राछात्रलाई छात्रवृति प्रदान गरिने विद्धालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई (व्याकुल माईला) हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राई र उप–प्रमुख विमला राईको उपस्थिती रहेको थियो ।