१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते

१२ पुष २०८२, शनिबार १५:१०

जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि सवारी साधनहरू नियन्त्रण बाहिर गएर दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनामा कम्तीमा १७ वटा सवारी साधनमा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिन करिब साढे सात घण्टा लागेको जनाइएको छ । घटनामा करिब ७० वर्षकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि द्रुतमार्गको उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको थियो । धेरै सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही सवारी साधन आगलागीबाट जलेर नष्ट भएका छन् ।

घटनाका बेला भारी हिमपातको चेतावनी जारी गरिएको थियो । प्रहरीले सडकमा जमेको हिउँ दुर्घटनाको मुख्य कारण हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल