2026-09-21 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताउनुभएको छ ।

फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।”

सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,” तर युक्रेन सङ्कट समाधान गर्न निकै कठिन भएको पनि उहाँले स्वीकार गर्नुभयो ।

राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताउनुभयो । “रणनीतिबारे हाम्रो टोलीबीच समन्वय अत्यन्तै महत्वपूर्ण छ, जसले शान्तिलाई नजिक ल्याउन मद्दत गर्छ,” उहाँले थप्नुभयो ।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्ता ‘राम्रो र निकै फलदायी’ भएको बताउनुभएका थिए । रूसी राष्ट्रपति सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले सङ्कट लम्ब्याउने र फेरि द्वन्द्व चर्किने जोखिम बढाउने साझा धारणा राख्नुभयो ।

फ्लोरिडामा भएको भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो