इजरायली कब्जा बल ( आइओएफ) ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ ।
आइओएफले तीनजना प्यालेस्टिनी युवाहरूलाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल–लाबाद सहरमा उनीहरूको घरमा छापा मारेर पक्राउ गरेको वफा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
आइओएफले बेइट फज्जर सहरमा एक जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै छिमेकमा अन्य धेरै घरहरूमा छापा मारेको जनाइएको छ ।
यी गिरफ्तारीहरू वेस्ट ब्याङ्क भरि आइओएफले गरेको दैनिक छापाको एक हिस्साको रूपमा आएको छ, जसमा प्यालेस्टिनीहरूलाई बारम्बार पक्राउ गरिन्छ र उनीहरूको घरमा छापा मारिन्छ ।