२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संस्थामा जागिर बनाई दिन्छु भन्दै पैसा असुली गर्ने दिउसै फरार

२०७२, १९ माघ मंगलवार ०७:३९

दान बहादुर बुढा/ माघ १९, मुगु । सदरमुकाम गमगढीको नयाँ राडमा रहेको स्थानीयको घरमा दर्ता नै नभएको गैर सरकारी संस्थाको कार्यालय राखेर जागिर दिन्छु भन्दै रकम असुली गर्ने एक युवा सदरमुकाम गमगढी बाट दिउसै भाग्न सफल भएको छन ।

पश्चिम खत्याड भेगमा पर्ने श्रीकोट गाविस वडा नम्बर २ बस्ने कर्ण सिंह विसी (टमटा )ले कर्णाली शान्ति विकास समाज सेवा नेपाल नामक स्थानीय गैर सरकारी संस्थाका लागि कर्मचारी आवश्यकता परेको भन्दै केहीदिन अघि सार्वजनिक सुचना गरि जागिरका लागि दरखास्त दिएका युवा युवतीबाट रकम असुलेको विषय सार्वजनिक हुन लागे पछि यसरी उनि भागेका हुन ।

आकर्षक तलबको व्यवस्था संस्थाले दिन्छ तपाईहरुले संस्थाको विश्वासका लागि नियुक्ति बुझने बेला पदको अबस्था बुझि एक लाख देखी पचास हजार दिनु पर्छ भन्दै विसीले धु्रव बुढा र सम्झना बुढाबाट ३५ हजार ,रुपबहादुर नेपालीबाट पचास हजार रकम विसीले लिई सकेका थिए । सम्झना बुढा जुम्ला जिल्ला कनका सुन्दरी गाविसकी भए पनि उनि कैलालीमा बस्दै आएकी थिईन ।

उनलाई संस्थाको लेखापाल पदमा जागिर दिने भन्दै मुगु बोलाएका थिए । आफुलाई रकमका कुरा नगरेको र मासिक २५ हजार तलब हुने बताएको तथा अन्य १५ जनाले पाँच हजार देखि पचास हजार सम्म रकम बुझाएको सामाजिक परिचालकको पदका लागि दरखास्त दिएका श्रीनगर गाविसका स्थानीयवासी कृष्ण हमालले बताए ।

यस्तो जानकारी आए पछि नागरिकले तिन दिन अघि देखि निगरानी गर्दै आएको थियो । संस्था कुनै ठाउमा दर्ता नभएको र कर्मचारी भर्ना गर्न थालेपछि शंका उत्पन्न भएको थियो । आईतवार चार वजे नियुक्ति दिने भन्दै केही युवा युवतीलाई बोलाएको जानकारी भए पछि बिहान ११ बजे अघि नै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउदा प्रशासनले बिसीको बारे बुझन्न डीला सुस्ती गरेको केही जिम्मेवार ब्यातिहरुको भनाई रहेको छ ।

नियुक्ति लिंदा एक लाख देखी पचास हजार धरौटी राख्नु पर्ने भन्दै विसीले दरखास्त दिएका युवा युवतीलाई एक्ला एक्लै भेट्ने गरेका थिए । कतिपयले पहिलो पटक पाँच हजार, विस हजार , तिस हजार सम्म बुझाए भने कतिपयले आईतवार चार वजे नियुक्ति लिदा रकम बुझाउने तयारी गरिरहेका थिए । त्यहि क्रममा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनीधी र नागरिककर्मी सहित केही सञ्चारकर्मी कार्यालयमा पुगेर विसीसंग सोधपुछ गरे पछि संस्थाको आधिकारीक प्रमाण भेटिएन । त्यसको लगतै जिल्ला प्रशासनले प्रशासन कार्यालयमा झिकाउने तयारी गरिरहेको थियो । तर अपरान्ह ३ ः ०० बजे तिर सवैका आँखा छलेर विसी कार्यालयबाट बाहिरिएका थिए । उनि भागेको दश मिनेट पछि जिल्ला प्रहरी कार्यालयका घुमुवा विसी पछि पछि दौडे भने अर्को तर्फबाट प्रहरी पनि खटिएको थियो । जिल्लाको चारै भेगमा प्रहरी पहिचालन गरेको छु जिल्ला बाहीर जाने नाकामा रोक थामकोलागी जानकारी समेत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सोम बहादुर थापाले बताइका छन । विसी पछि पछि दौडेका एक जना प्रहरीका घुमुवाले भेटाउन नसकेको जानकारी दिए ।

उनि भागे पछि बल्ल जागिर पाउने आस गरि रकम दिएका युवा युवती पछुताए । पचास हजार बुझाएका रुपबहादुर नेपालीका काका हर्क नेपालीले नागरिकसंग भने , तपाई अघि देखि नै कति रकम दिनु भयो भनेर सोध्नु हुन्थ्यो मैले त पाएको जागिर फुत्किन्छकी भनेर केहि भन्न सकिन त्यो दलाल रहेछ । राम्रो जागिर पाउने भने पछि तिन दिनसम्म बजारमा सर सापट गरेर पचास हजार जम्मा गरि बुझाएको उनले बताए । विसी भागे पछि पिडीत बनेका युवाहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन ।

त्यस्तै विसीले कार्यालय प्रयोजनका लागि घर भाडा लिदा घर मालिक सिंहबहादुर बुढासंग एकै चोटी १७ वर्षको सम्झौता गरेको साथौ कार्यालय सजाबटकालागी गमगढी बजारमा रहेको रबिन्दै टेड्स एण्ड सप्लायस नामक फर्मबाट ९०हजार भन्दा बढीको सामानको कारोवार उदारो गरेको बताए पनि हरेक वर्षमा सम्झौता गर्ने भने पछि एक वर्षको सम्झौता गरेको घर मालिक बुढाले बताए । मासिक पाँच हजार पाँच सय घर भाडा तिर्ने गरि एक महिना देखि विसीले कार्यालय खोलेको बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन