२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

महिनादेखि खोटाङमा स्काई र नमस्ते टेलीफोन सेवा ठप्प

२४ आश्विन २०७४, मंगलवार ०७:४६

चिसाङ शेर्पा/असोज २४, खोटाङ । एक महिनादेखि खोटाङका दक्षिणी क्षेत्रमा सवै प्रकारका टेलीफोन सेवा ठप्प भएको छ । 

खोटेहाङ गाउँपालिकाको खोटाङबजार, जन्तेढुङगा गाउँपालिकाको हुम्मापोखरी र खोटेहाङ गाउँपालिकाकै सावाकटहरे र सिम्पानीमा रहेको नेपाल टेलिकमको विटियस टावरले काम नगरेपछि त्यस क्षेत्रका स्थानीयलाई दैनिक कामकाजमा समस्या भएको छ । नेपाल टेलिकमको वेवास्थाका कारण टेलीफोन सेवा ठप्प भएसंगै त्यस क्षेत्रका लाखौं सेवाग्राही मारमा परेका छन् ।

 नेपाल टेलिकम जिल्ला शाखा खोटाङ र सरोकार निकायले सेवा ठप्प भएको लामो समय बितिसक्दा समेत ध्यान नदिएका कारण सम्पर्क विहीन भएर वस्नुपर्ने अवस्था आएको स्थानीवासीको आरोप छ । 

लामो समयदेखिको समस्याका विषयमा भने टेलिकमका हाकिम वेखवर रहेको पाइएको छ । टेलिकम शाखालाई पटक–पटक समस्याका विषयमा ध्यानकर्षण गरायौं, कतिसम्म भने, दशैं तिहारलगायतका चाडपर्वका वेला सवै मानिस गाउँ फर्केने भएका कारण टावरको क्षमताले नपुगेको भनेर टेलिकमका आधिकारीक व्यक्तिहरुबाट गैरजिम्मेवार कुराहरु आए, खोटेहाङ गाउँपालिकास्थित भगवती दिनानाथ उच्च माविका शिक्षक सन्तोष ढकालले सुनाए । उनले भने,  ‘मोवाईलमा टावर आउँछ काम गर्दैन्, नत समस्या हल नै गर्छ टेलिकमले ।’ 

खोटेहाङ गाउँपालिकाकै विद्यार्थी नेता सन्तोषी फुयालका अनुसार, ‘टेलीफोन अवरुद्धताका कारण सास्ती भोगीरहेका छौं, कुनै काम परे कसैसंग सम्पर्कमा रहन सकिएको छैन्, सञ्चार विहीन भएर वस्न बाध्य बनाएको छ टेलिकमले, उनी भन्छिन्, सञ्चारमार्फत सम्बन्धित निकायलाई घच्घच्याईदिनुस ।’ 

खोटाङ, ओखलढुं्गा र सोलुखुम्बुगरी तीन जिल्लाको मुख्य टावर उदयपुरको चित्रे टावरको रिपीटर लिङकमा या त्यस क्षेत्रका विटियस टावरमा कुनमा समस्या आएको हो भन्नेनै पत्ता लगाउँन नसकिएको नेपाल टेलिकम शाखा खोटाङका प्रमुख ज्वतिनारायण चौधरीले बताए ।  चौधरीका अनुसार ‘टेलिकमको क्षेत्रिय कार्यालय विराटनगरलाई जानकारी गराएका छौं, अवका तीनदिन भित्रमा प्राविधिकहरु आएर समस्या हल गर्ने छन् ।’ 

सेवाग्राहीले प्रयोग गर्ने स्काई तथा नमस्ते मोवाईल सेवा अवरुद्ध भएसंगै इमेल, इन्टरनेटका माध्यमबाट सञ्चालन हुने बित्तीय संस्था तथा आईएमई सेवा समेत प्रभावित भएका छन् । कतिपयले भने उदयपुरको चित्रेमा रहेको टावरले भेट्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ । 

यद्यपि, सदरमुकाम भन्दा टाढाका समस्यालाई थाती रोखेर हेर्ने हे भने, टेलिकमको चरम लापरवाहीका कारण जिल्ला सदरमुकामसहित अन्य ठाउँमा पनि टेलिफोन सेवा गुणस्तरिय छैन् । पछिल्लो समय नेपाल टेलिकमको सेवामा समस्या देखिएपछि सदरमुकाम दिक्तेलबजारका सेवाग्राही नै समस्या भोग्न बाध्य छन् । फोन कट्ने, आवाज स्पस्ट नसुनीने तथा वेला–वेला मोवाईलमा टावर नहुँने लगायतका समस्याबाट सेवाग्राही चिन्तित बनेका छन् ।

यता, निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोक्ताहरु हैरानी खेप्न वाध्य भएका छन् । 

सदरमुकाम दिक्तेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका दश हजार उपभोक्ताहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित दश हजार व्यक्तिले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोक्ताहरु आक्रोस वनेका छन् । 

२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तmेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।

एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको पाँच मिनेटमा एनसेल फोन पुर्णरुपमा वन्द हुन्छ । 

रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण रवि लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी ‘कर्मा’मा उपासना र मुकुन भुषाल अनुबन्धित ‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो