Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा घाँटी रेटेर युवकको हत्या, एकजना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २४, सिरहा । सिरहामा एक युबकको घाँटी रेटेर हत्या गरिएको छ ।

जिल्लाको कर्जन्हा नगरपालिका १० प्रयोगपुर बस्ने काशिलाल साहको करीब ३५ बर्षिय छोरा शशिभूषण प्रसाद साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।

दुई तल्ले घरको भुई तल्लामा सुतिरहेको अबस्थामा साहलाई सोमबार राति करीब १२ बजे अज्ञात समुहले घाँटी रेटि हत्या गरेको परिबारजनले जनाएको छ ।

अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर साहको हत्या गरेका प्रहरी नायब उपरिक्षक बज्राचार्यले बताए । अपराधीको खोजी भइरहेको समेत उनले दाबी गरे ।  हत्या गरेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

साहको हत्याले गाउँ शोकमग्न भएको छ । साहको श्रीमति, २ बटा छोरा र २ छोरी रहेको छ । साहको शव पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । साह एमालेको स्थानिय कार्यकर्ता रहेको बुझिएको छ ।