2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएई दुतावासका श्रम-काउन्सिलर पौडेलले कामनै नगरी १४ सय बढी उजुरी लुकाईदिए, मन्त्रालय तानिए 

अनिल अधिकारी । काठमाडौँ — वैदेशिक रोजगारीमा गएर समस्यामा परेका १४ सय बढी नेपाली श्रमिकका गम्भीर प्रकृतिका समेत उजुरीहरू कामनै नगरी काम गरेको सूचिमा राखिदिएको खुलाशा भएपछि युएई स्थित नेपाली दुतावासका श्रम-काउन्सिलर दिपेन्द्र पौडेल कारवाहीको लागि सनिबार श्रम मन्त्रालय तानिएका छन् । पौडेल एक वर्ष नपुग्दै नेपाल फर्काइएका हुन् ।

काउन्सिलर पौडेलले दुतावासमा आफ्नो जिम्मेवारी लिने क्रममा आफूले गर्नुपर्ने कामनै नगरी उजुरीका ‘पेन्डीङ’ मा रहेका अनलाइन फाइलहरु सिस्टमबाटै सम्पन्न ‘कम्प्लिटेड’ सूचिमा राखिदिएको छानबिनपछि पत्ता लागेको कन्सुलर सेवा बिभागले जनाएको छ । 

श्रमिकमाथि अन्याय भएको, रोजगारदाताले तलब नदिएको, जेल परेका श्रमिकलाई जेल मुक्त गर्न पिडितका परिवारले हालेको उजुरी, विदेशमा हराएका व्यक्तिको खोजिका लागि परेको निवेदन, ब्लड मनी तथा अन्य संवेदनशील मुद्दासँग सम्बन्धित उजुरीहरू दुतावासको सिस्टमबाटै कार्य सम्पन्न भएको सूचिमा राखेको पाइएपछि छानबीनको लागि मन्त्रालय र दुतावासलाई जानकारी गराएको कन्सुलर सेवा बिभागकि महानिर्देशक दुरापदा सापकोटा जानकारी दिएकी छन् । महानिर्देशक सापकोटाका अनुसार प्रारम्भिक छानबिनमा पौडेल दोषी देखिएपछि थप अनुसन्धानका लागि मन्त्रालयमा विवरण पठाइएको थियो । सापकोटाका अनुसार कन्सुलर सेवा बिभाग समक्ष पिडितहरुले आफ्नो उजुरीको फर्छ्यौट नभएको  गुनाशो बढ्न थालेको तर सिस्टममा हेर्दा गुनाशोहरु कार्यान्वयन भईसकेको थाहा पाएपछि बिभागले सिस्टममा भएको गतिबिधिबारे थाहा पाएको थियो । “सरकारले खटाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्नेमा सिस्टमलाई नै चुनौती दिने काम भयो,” सापकोटाले भनिन् ।

पौडेलले युएई स्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीसँग अनुमति नलिई श्रम सहचारी पंकज लाभ कर्णसँग ओमान पुगेको, श्रमिकका समस्या समाधानमा नजाने, टेलिफोन तथा उजुरीमा प्रतिक्रिया नदिने र आफुले पटक-पटक गरेको गल्ती समेत स्वीकार नगरेको आरोप पनि लागेको छ । दुतावासमा उनीविरुद्ध धेरै ठाउँबाट कम्प्लेन आएको बताइएको छ ।

पौडेलले रिजेक्ट भएका फाइलहरू समेत आवश्यक प्रक्रिया नपुर्‍याई नेपालका म्यानपावर व्यावसायीहरुसँग मिलेर दुतावासका अधिकारीहरुलाई समेत झुक्याएर स्विकृती दिई पठाएको राजदुतावासले जानकारी दिएको छ । 

श्रम मन्त्रालयबाट खटाइने प्रतिनिधि निष्पक्ष हुनुपर्नेमा सिमित म्यानपावरहरुको स्वार्थमा लागेको, श्रम काउन्सिलर नियुक्त हुँदा पैसा तिरेका व्यक्तिलाई जिम्मेवारी दिएर दुतावास पठाउने खेल हुने गरेको, केहि म्यानपावर मालिकको सेटिङमा उनिहरुको लागि काम गर्न सहज हुने व्यक्तिलाई श्रम काउन्सिलरको रुपमा नियुक्त गर्ने सम्मको बेथिति बढ्दा दुतावास बदनाम भईरहेको बताइएको छ । श्रम काउन्सिलर पौडेललाई चेन अफ कमाण्ड नमानेको, राजनीतिकरण गरेको, आफूलाई कसैले चलाउन नसक्ने भन्दै घमण्ड देखाएर धम्कि समेत दिने गरेको र १४ सय बढी श्रमिकको फाइलमा मनपरी गरेको कारण देखाई यस्ता प्रकृतिको व्यवहारले श्रमिक झन् पीडित हुने अवस्था सिर्जना गरेको दुतावासको आरोप छ ।

यसै सम्बन्धमा पौडेलमाथि लागेको आरोपबारे थप जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा उनको नेपालको फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने