२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

२१ पुष २०८२, सोमबार १३:११

उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दाँ कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको नाइजेरियाका अधिकारीहरूले जनाएका छन् ।

योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए ।

अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित उद्धार गरिएको छ र २५ जनाको शव बरामद गरिएको छ, भने १४ जना बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ ।

जिगावा राज्य प्रहरीले डुङ्गामा पानी चुहावटका कारण डुङ्गा पल्टिएको भन्दै घटना भएको पुष्टि गरेको छ ।

नाइजेरियामा यस अघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा रूखमा ठोक्किएर ओभरलोड भएको डुङ्गा पानीमा डुब्दा कम्तीमा ६० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल