2026-06-16 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ । मन्त्रालयका अनुसार शेख मकसौद, अचराफिह र बानी जैद क्षेत्रहरूमा बिहान ३ बजेदेखि युद्धविराम लागू भएको हो ।

सरकारी विज्ञप्तिमा सशस्त्र समूहहरूलाई छ घण्टाभित्र ती क्षेत्र छाड्न निर्देशन दिइएको छ । क्षेत्र छाड्ने लडाकूहरूलाई आफ्ना व्यक्तिगत हल्का हतियार बोकेर जान अनुमति दिइने र उनीहरूलाई कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) को नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा सुरक्षासहित पुर्‍याइने उल्लेख गरिएको छ ।

अलेप्पोका गभर्नर अजाम अल–घारिबले सुरक्षा बलका साथ रातभर विवादित क्षेत्रको निरीक्षण गर्नुभएको छ । तर एसडिएफतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन र अलेप्पोमा रहेका कुर्दिश बलहरू सम्झौतामा सहमत भएका छन् वा छैनन् भन्ने अझै स्पष्ट छैन ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै सिरियाली सरकार, एसडिएफ, स्थानीय अधिकारी र सामुदायिक नेताहरूले देखाएको संयम र सद्भावप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अमेरिकाले छ घण्टाको समयसीमाभन्दा बाहिर पनि युद्धविराम कायम राख्न सबै पक्षसँग काम गरिरहेको छ ।

मङ्गलबार गोलाबारी र ड्रोन आक्रमणबाट सुरु भएको झडपका कारण करिब एक लाख ४२ हजार मानिस विस्थापित भएका छन् । दुवै पक्षले एकअर्कामाथि हिंसा सुरु गरेको, नागरिक बस्ती, एम्बुलेन्स र अस्पतालजस्ता पूर्वाधारलाई जानाजानी लक्षित गरेको आरोप लगाएका छन् । कुर्दिश पक्षका अनुसार कुर्द बहुल क्षेत्रमा कम्तीमा १२ सर्वसाधारणको ज्यान गएको छ भने सरकारी अधिकारीहरूले सरकार नियन्त्रित क्षेत्रमा कम्तीमा नौ सर्वसाधारण मारिएको बताएका छन् । दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् तर लडाकू मृतकको यकिन विवरण सार्वजनिक भएको छैन ।

यो झडप केन्द्रीय सरकार र एसडिएफबीचको राजनीतिक वार्ता अवरुद्ध भइरहेका बेला भएको हो । अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वमा दमास्कस प्रशासनले गत वर्ष मार्चमा एसडिएफलाई सन् २०२५ को अन्त्यसम्म सिरियाली सेनामा समायोजन गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो, तर त्यसको कार्यान्वयन प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन ।

डिसेम्बर २०२४ मा भएको विद्रोही आक्रमणपछि पूर्वराष्ट्रपति बशर अल–असदको पतनसँगै गठन भएको नयाँ सिरियाली सेनामा समावेश केही गुटहरू पहिले टर्की समर्थित थिए, जसको कुर्दिश बलसँग लामो समयदेखिको वैमनस्य छ । एसडिएफ इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा वर्षौंदेखि अमेरिकाको मुख्य साझेदार रहँदै आएको छ, तर टर्कीले एसडिएफलाई कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) सँग जोडिएको भन्दै आतङ्कवादी सङ्गठनका रूपमा हेर्ने गरेको छ ।

यद्यपि एसडिएफप्रति अमेरिकी समर्थन कायम रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दमास्कसको नयाँ सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै एसडिएफलाई मार्च सम्झौता कार्यान्वयन गर्न दबाब दिइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ