2026-08-23 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इयू र भारत व्यापार सम्झौताको नजिक

युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको शुक्रबार वार्तापछि बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ ।

इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने गहन वार्तापछि दुई पक्ष नजिक आइरहेको बताउनुभएको छ।

सेफकोभिकले सामाजिक सञ्जाल एक्समा शुक्रबार गरेको फोष्टमा भन्नुभएको छ, “हाम्रो साझा लक्ष्यः सम्बन्धलाई बढावा दिन सन्तुलित, पारस्परिक लाभदायी व्यापार र लगानी सम्झौता गर्नु हो।”

उहाँले थप्नुभयो, “अपेक्षित प्रगति भएको छ । खुला मुद्दाहरू साँघुरो हुँदै गएका छन् । आगामी दिनहरूमा पूर्ण कदम अगाडि बढ्छ।”

गोयलले उत्साहित समीक्षा भएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “हामीले राम्रो प्रगति गरेका छौँ र हाम्रा वार्ता टोलीहरूलाई रणनीतिक मार्गदर्शन प्रदान गरेका छौँ।
हामीले निष्पक्ष, सन्तुलित र महत्वाकाङ्क्षी सम्झौता गर्ने हाम्रो बलियो राजनीतिक सङ्कल्पलाई दोहोर्‍याएका छौँ।”

नेताहरूले जनवरीको अन्त्यमा शिखर सम्मेलन गर्ने अपेक्षा गरिएको छ र दुवै पक्षले त्यस कार्यक्रमका लागि वार्ता समाप्त गर्न जोड दिइरहेका छन् ।

यूले शुक्रबार ब्रसेल्सले समर्थन गरेको दक्षिण अमेरिकी स्वतन्त्र व्यापार समूह मर्कोसुरसँग ठूलो व्यापार सम्झौताको चर्चा भइरहेका समय शुक्रबार लामो समयदेखि स्थगित भारतसँगको वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो