युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको शुक्रबार वार्तापछि बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ ।
इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने गहन वार्तापछि दुई पक्ष नजिक आइरहेको बताउनुभएको छ।
सेफकोभिकले सामाजिक सञ्जाल एक्समा शुक्रबार गरेको फोष्टमा भन्नुभएको छ, “हाम्रो साझा लक्ष्यः सम्बन्धलाई बढावा दिन सन्तुलित, पारस्परिक लाभदायी व्यापार र लगानी सम्झौता गर्नु हो।”
उहाँले थप्नुभयो, “अपेक्षित प्रगति भएको छ । खुला मुद्दाहरू साँघुरो हुँदै गएका छन् । आगामी दिनहरूमा पूर्ण कदम अगाडि बढ्छ।”
गोयलले उत्साहित समीक्षा भएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “हामीले राम्रो प्रगति गरेका छौँ र हाम्रा वार्ता टोलीहरूलाई रणनीतिक मार्गदर्शन प्रदान गरेका छौँ।
हामीले निष्पक्ष, सन्तुलित र महत्वाकाङ्क्षी सम्झौता गर्ने हाम्रो बलियो राजनीतिक सङ्कल्पलाई दोहोर्याएका छौँ।”
नेताहरूले जनवरीको अन्त्यमा शिखर सम्मेलन गर्ने अपेक्षा गरिएको छ र दुवै पक्षले त्यस कार्यक्रमका लागि वार्ता समाप्त गर्न जोड दिइरहेका छन् ।
यूले शुक्रबार ब्रसेल्सले समर्थन गरेको दक्षिण अमेरिकी स्वतन्त्र व्यापार समूह मर्कोसुरसँग ठूलो व्यापार सम्झौताको चर्चा भइरहेका समय शुक्रबार लामो समयदेखि स्थगित भारतसँगको वार्ता भएको हो ।