2026-10-23 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

करीव तीन महिना भन्दा बढी समय देखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार कोरिडोरको नाकाबंदीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपियाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उदृत गर्दैै डन समाचारले रिपोर्ट गरेको छ ।

उनीहरुका अनुसार सीमापार व्यापारको अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात लगायत राज्यको राजस्वमा नराम्रो असर पारेको छ । जसले देशको समग्र अर्थतन्त्रमा विशेष गरी खैबर पख्तुनख्वालाई गम्भीर धक्का दिएको छ, जहाँ व्यापारीहरू अफगानिस्तानसँगको वाणिज्यमा धेरै निर्भर थिए ।

पाकिस्तान–अफगानिस्तान जोइन्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष जियाउल हक सरहदी र सरहद चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य मञ्जुर इलाहीले संयुक्त प्रेस विज्ञप्ति मार्फत यस्तो टिप्पणी गरेको जनाइएको छ ।

अफगानिस्तानमा पाकिस्तानको निर्यातको ९० प्रतिशत भन्दा बढी खैबर पख्तुनख्वाका नाकाहरु मुख्यतया तोरखाम सिमा हुँदै हुने उनीहरूले बताएका छन् ।

व्यापारीहरुका अनुसार प्रान्तले सिमेन्ट, कपडा, औषधि, निर्माण सामग्री र कृषि उत्पादन जस्ता सामान रोकिए पछि २.५ अर्बको निर्यात घाटा बेहोरेको अनुमान गरिएको छ । यस बाहेक, खैबर पख्तुनख्वाले व्यापार गतिविधिमा कमी र भन्सार आयमा कमीका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब २.५ अर्ब राजस्व गुमाएको छ ।

प्रान्तका निर्यातकहरूले हरेक दिन ४० लाख अमेरिकी डलर भन्दा बढीको नोक्सान भोगिरहेको उल्लेख गर्दै अरबौं रुपैयाँ मूल्यका सामानहरू फसेको र औषधि लगायतका सामाग्रीको समयावधि सकिएपछि अपूरणीय आर्थिक क्षति हुने सम्भावना रहेको डनले जनाएको छ ।

व्यापक आर्थिक प्रभावहरू औंल्याउँदै, व्यापारीहरूले निरन्तर सीमा बन्द हुँदा कारखाना बन्द र रोजगारी गुमाउने चेतावनी दिए । उनीहरूले खैबर पख्तुनख्वाको औद्योगिक क्षेत्रको ९० प्रतिशतसम्म आयात र निर्यातका लागि अफगान बजारमा निर्भर रहेको उल्लेख गर्दै जारी अवरोधले बेरोजगारी र बढ्दो आर्थिक कठिनाइको बीचमा क्षेत्रीय अस्थिरता बढाउने बताएका छन् ।

उनीहरूले अफगानिस्तानले इरान र मध्य एसियाली राज्यहरूमा व्यापार घुमाउँदै जाँदा खैबर पख्तुनख्वामा आधारित व्यापारीहरूका लागि बजारमा स्थायी नोक्सान निम्त्याउँदै गर्दा दीर्घकालीन प्रभावहरू कडा हुन सक्ने चेतावनी दिए ।
हालैको एक प्रतिवेदनलाई उद्धृत गर्दै उनीहरूले पाकिस्तान–अफगानिस्तान द्विपक्षीय व्यापार ५३ प्रतिशतले घटेर चालु आर्थिक वर्ष (२०२५–२६) को पहिलो अर्ध–वार्षिकमा ५९ करोड ४० लाख डलरमा झरेको जनाएका छन् जुन अघिल्लो वर्षको समान अवधिमा १.२६ अर्ब डलर थियो ।

डनको रिपोर्टका अनुसार बन्दले यस क्षेत्रका व्यवसाय, राजस्व, रोजगारी र स्थिरतामा हानिकारक प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने