2026-08-16 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्वाभिमान अभियान अन्तर्गत जागरण सभा

प्रकाश धौलाकोटी, चैत्र १५, तेह्रथुम । शान्ति, अहिंसा, राष्टिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान् भन्ने नाराकासाथ मानव अधिकार तथा शान्ति समाजले थालेको स्वाभिमान अभियान अन्तर्गत मंगलबार तेह्रथुममा पनि जागरण सभा हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिको आयोजना तथा जिल्ला समितिको व्यवस्थापनमा हुने सभामा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापक गोविन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो ठीक एक बजे सदरमुकाम म्याङलुङको मुख्य चौक स्थित उद्योग वाणिज्य संघको सभाहल अगाडि सभा सन्चालन हुने उहाँले बताउनुभयो । अभियान अन्तर्गत समाजले विभिन्न जिल्लाहरुमा जागरण सभा मार्फत सचेतीकरण गर्दै आएको छ ।

व्यक्ति तथा समुदायहरुको आत्मसम्मान उँचो भए राष्टको आत्मसम्मान पनि उँचो हुने तथा शान्तिको शुनिश्चितता, अहिंसाको प्रधानता, अधिकारको सृदृढता, लोकतान्त्रिक मुल्यको व्यापकता र विविधतालाई उत्सवका रुपमा ग्रहण गर्दै राष्टिय स्वाभिमान बलियो एवम् गौरवान्वित तुल्याउन स्वाभिमान आन्दोलनको थालनी भएको समेत समाजले जनाएको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरुको मन्तव्यका साथै कविता वाचनसमेत हुने कार्यक्रम व्यवस्थापक तथा जिल्ला कांग्रेस सभापति ढुंगानाले जानकारी दिनुभयो । समाजले अभियानको क्रममा हुन लागेको सभामा सहभागी बन्न राजनीतिक दल, नागरिक समाज, उद्योग, व्यापारी, शिक्षक, विद्यार्थी लगायत सबै नागरिकलाई आव्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट