२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूध बिक्री गरी चार करोड आम्दानी

२०७४, २५ आश्विन बुधबार ०८:२३

असोज २५, पाल्पा । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । 

मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् । 

उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३÷७४ मा रु चार करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो । 

सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ । 

दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ ।  सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उहाँले ४६ वटा गाई पाल्नुभएको छ । 

डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभँैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा