2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

युवाहरु बिदेशिन थालेपछि गाँउ नै सुनसान

दान बहादुर बुढा/ फागुन १८, मुगु । बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकाँश युवाहरु राम्रो कमाई हुने आसाले भारतलाई छोड्दै खाडि मुलुकका देशहरुमा जान थाले पछि गाँउनै सुसान हुनथालेका छन ।

सदरमुकाम गमगढी नजिकको कार्किबाडा गाबिस वडा नम्बर ९ माथि तुम गाउँमा अहिले कोहि मर्दापर्दा वा बिरामि पर्दा बोकर अस्पताल लैजाने युवा समेत छैनन । यो गाँउका २० जना युवा खाडि मुलुकका बिभिन्न देशहरुमा हिडे पछि गाँउनै सुसान बनेको हो ।

युवा बिदेशिने यो गाबिसको यो गाँउ एक नमुना मात्र भए पनि जिल्लाका २४ गाबिसबाट झण्डै २ हजार २ सय भन्दा बढी जनाले युवा खाडि मुलुकमा गएका छन । अहिले सबै भन्दा बढी कमाईका लागी खाडिमुलुकमा जाने कार्किबाडा गाबिसका युवा रहेकाछन । यो गाबिस बाट १ सय भन्दा बढी युवा कमाईका लागी बिदेशिएका छन भने अरु गाबिसमा पनि ४५ देखि ६० सम्मको संख्यामा युवाहरु बिदेशिएका छन । देशमा बेरोजगार भएर गाँउमा बस्नु भन्दा कमाईका लागी बिदेशिनु बाध्यता रहेको आफु मार्फतनै खाडिमुलुकका केहि राम्रा कम्पनिमा पठाउने गरेको र आफुमार्पmत मात्र १ सय ५० जना भन्दा बढी युवाहरु मलसिया दुबै कतामा गएको नासा हुयुमन रिसोर्स कम्पनिका एजेन्ट देबि सिहं सावतले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालयमा मात्र एमआरपि राहदानिका लागी आबेदन दिन मासिक ४५ जना भन्दा बढी युवा आउने गरेका छन । भने हस्तलिखित राहदानि लिएका हरुपनि एमआरपि बनाउनका लागी त्यतिकै आउने गरेको जिल्ला प्रशासन कार्यालय मुगुको राहादानि फाँटको तथ्याङ्क अनुसार जिल्ला भरका ३हजार २ सय ३२ जनाले हस्तलिखित र एमआरपि पासपोर्ट लगेका छन भने आ.व ०७१।०७२मा ५ सय ९६ जनाकोर खन.व ०७२।०७३ फाल्गुन पहिलो हप्ता सम्म ३ सय ४६ जनाले रहेकोप्रमुख जिलला अधिकारी लक्ष्मि प्रशाद भट्टराईले बताए ।

पढेका सर्टिफिकेटहरुले कतै जागरि नपाएको र केहि ब्यापार ब्यबसाय गरौ भनै आफु संग आर्थिक नभएकाले बाध्यता भएर बिदेशिनु परेको आफु पनि केहि दिनमानै मलसिया जाने तरखरमा रहेको कार्किबाडा गाबिस वडा नम्बर ९ का मिन रावलले बताएका छन ।

बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा कोहि मर्दा पनि घाटमा लिने युवानै छैनन । कुनै बेला अन्नबालि भित्राए पछि कार्तिक मंसिर पुस तिर घर परिवार लाई लुगा प,ाटो जोहो गर्नका लागी दुई तिन महिना भारत तिर जाने गई खेति पाति गर्ने समयमा घर फर्कने युवा हरु अहिले बिदेशिन थाले पछि घरमा हलो जोत्ने सम्मा लोग्ने मान्छे नहुदा कसैले भिर पाखोको जग्गा बाँजो राख्नु पर्ने बाध्यात रहेको तुमा गाँउका चक्र रावल बताउछन ।
भिडीयो १,२,३ क्रमस १६ सम्म छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो