फलेवास ७ लिमिठानाकी स"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फलेवास ७ लिमिठानाकी स"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा नागरिता बनाउन गएकी महिलालाई दुर्व्याबहार, ३ हजार घुषको आरोप

२०७४, २७ आश्विन शुक्रबार ०८:०२

असोज २७, पर्वत । फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मीले महिला सेवाग्राहीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । 

फलेवास ७ लिमिठानाकी सरिता पाण्डेलाई वडा अध्यक्षले  गालीगलौज र हातपात गरेका हुन् । पाण्डेका अनुसार नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए ।

सरिता पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफारिस गर्न पुगेकी थिईन । ‘वहिनी सविना रेग्मीको नागरिकता आगोले जलेको थियो, नागरिकता भित्र पानी पसेर अक्षर समेत बुझिएको थिएन, उनले भनिन, ‘मैलै वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु पर्यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो ' पीडित पाण्डेले भनिन् – 'मैले गुहार पनि मागेकी हुँ' । ‘वडाध्यक्षले गलत्यार निकालेपछि सचिवसंग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस खुवाएर उनले सिफारिस वनाएको जानकारी दिएकी छिन् ।

‘सचिव रामवहादुर परियारले ३ हजार रुपैयाँ मागेको पिडितको गुनासो छ । सचिवले तपाईको काम हुन्छ चिया खर्च दिनुपर्यो भन्नुभयो’ । मैले ३ हजार रुपैयाँ झिकेर दिँए सविनाले भनिन् । तर गाविस सचिवले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हा, त्यस वाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाहि भोग्न तयार छु ।

वडा अध्यक्ष हरिरामले भने  नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेको र उनले विवाद वढाएको वताए । नागरिकता ऐनमा नागरिकताको विवरण संसोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संसोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ति महिला सन्किएर अनेकन आरोप लगाएको रेग्मीले वताए । उहाँले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर ल्याउनु भएको रैछ । आफै सच्चाएर बनाएकी रैछिन । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो । सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने । 

माथिको तश्विरमा: फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली