ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण स"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालीका लाग्यो सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाईमा

२७ आश्विन २०७४, शुक्रबार ०८:१६

ललित बोहरा | असोज २७,  डडेल्धुरा । ‘हातमा कुचो, घरमा वाल्टी, सफा टोल, सफा अमरगढी’ भने मूल नाराका साथ अमरगढी नगरपालिकाले सामुदायिक स्वास्थ्य प्रवद्र्धन एवं सरसफाई नीति निमार्ण सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ ।

अमरगढी नगरपालीकालाई सफा हराभरा नगर बनाउने, स्वाथ्य तथा सरसफाई सम्बन्धि प्रस्ताबित निति तथा काननु निमार्णका लागी सुझाव संकलन गर्ने लगायतका उद्देश्यले बिहीबार कार्यक्रमको आयोजना गरेको हो ।


अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले प्रस्तुत गरेको कार्यपत्रमा नगर स्तरीय सरसफाई नीति निमार्ण मस्यौदा समिति बनाइने, सरसफाई अनुगमन समिति गठन गर्ने, प्रत्येक टोलमा सरसफाई टोल विकास समिति गठन गर्ने, सरसफाई मूल समन्वय समिति गठन गर्ने, बजार क्षेत्रका पसलहरुमा तुरुन्तै फोहर संकलन बाल्टी वितरण गर्ने, पहिलो पटकका लागी सबै नालीहरु र बजार सफा नगरपालीकाले गर्ने, खानेपानीका पाईप ब्यबस्थापनका लागी खलंगा खानेपानीसंग योजना बनाउन पहल गर्ने लगायतका अल्पकालीन कार्य योजनामा समावेश गरेको छ ।

दिर्घकालीन योजनाहरुमा नगरपालिकाले कुहिने र नकुहिने फोहरहरु उच्चीत ब्यवस्थापन गर्ने, बजार क्षेत्रमा सरसफाईलाई ब्यवस्थित बनाउन विभिन्न किसिमको कर लगाउने, बजार क्षेत्रका घरहरु वर्गिकरण गरिने, निमार्ण सामाग्री राख्ने समय निर्धारण, मुख्य सडक छेउ छाउमा मोटर साईकल र गाडी पार्किङ गर्न नपाईने, बजार क्षेत्र फोहर ब्यस्थापनका लागी बजार ईन्चार्ज नियुक्त गरिने लगायतका विभिन्न प्रस्तुत गरेको छ ।

कार्यक्रममा सहभागीहरुले निकै सन्र्दभ विशेष कार्यक्रम भएको र विगतका योजनाहरुलाई समेटिने गरेर योजना बनेकाले कार्यान्वयमा ध्यान आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो