२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हङकङद्वारा नेपाल पराजित , डिभिजन टू मा घटुवा हुने सम्भावना

२०७४, २७ आश्विन शुक्रबार ०८:५०

असोज २७, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने दवाबमा आज हङकङसँग खेलेको नेपाल ८३ रनले पराजित भएपछी डिभिजन टू मा घटुवा हुने सम्भावना देखिएको छ । 

अब आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । अब नेपालको भाग्य हङकङ र केन्याको हातमा छ । अब हुने सबै खेल हङकङ र केन्याले हारेको खण्डमा मात्र नेपाल डिभिजन २ मा उक्लिनेछ । 

शुक्रबारको खेलमा हङकङले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३४ ओभर ५ बलमा १११ रनमा अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१ र बिनोद भण्डारी १८ रनमा आउट भए । त्यस्तै सोमपाल कामीले ११ रन जोडे ।

बसन्त रेग्मी, करण केशी र सन्दीप लामिछाने शुन्य रनमा आउट हुँदा सुसन भारीले १ रन मात्रै जोड्न सके । सागर पुन र दिपेन्द्र सिंह ऐरी ३-३ रन बनाएर आउट भए। हङकङका इसान खानले ५ र अजिज खानले ३ विकेट लिए भने कार्ल क्रिस्टी र तानविर अफजलले १-१ विकेट लिए।

टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो। सुरूवाती ब्याट्सम्यान जेमी अट्किन्सनले ७६ रनको योगदान गरे भने ३८ रन बनाएका तानविर अफजलले उनलाई साथ दिए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ तथा सुसन भारीले १ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी