2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटा नगरका प्रतिनिधिले गोप्य निर्णय गरेर यस्तो सेवा सुविधा लिए

असोज २७, धनकुटा (रासस) | धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बोर्डले थप सेवा सुविधा लिने गरी गोप्य राख्ने निर्णय गरेको स्रोतको भनाइ छ । 

गत असोज ९ गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा वृद्धवृद्धा, एकल र दलितका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णयसँगै जनप्रतिनिधिले सेवा सुविधा लिने निर्णय गरेको खुलासा भएको हो । 

स्रोतका अनुसार नगर प्रमुखलाई मासिक रु ४५ हजार, उपप्रमुख रु ३५ हजार, वडाध्यक्षलाई रु २५ हजार नगरसभाका आठ सदस्यसहित कार्यपालिका बोर्डका अल्पसंख्यक, सीमान्तकृत, दलित, महिला समुदायबाट मनोनीत सदस्यलाई जनही रु २५ हजारका दरले परिश्रमिक दिने निर्णय भएको छ । 

जम्मा १० वटा वडा रहेको धनकुटा नगरका ४० जना वडा सदस्यले भने बैठकका दिनको रु एक हजार भत्ता मात्र पाउने गरी निर्णय भएको स्रोतको भनाइ छ । धनकुटेली नगरवासीले तिरेको आन्तरिक करबाट वार्षिक रु ६३ लाख ६० हजार व्याय भार थपिने छ । 

बैठकमा १० वटै वडाका वडाध्यक्षलाई एक–एक वटा मोटरसाइकलसमेत खरिद गर्ने प्रस्ताव वडाध्यक्षबाट आए पनि बोर्डका सबै सदस्य एवं पदाधिकारीले सहमति नजनाउँदा निर्णय हुन नसकेको दाबी स्रोतको छ । 

नेपालको संविधानको भाग १८ को धारा २२७ मा “गाउँ सभा तथा नगर सभाका पदाधिकारी एवं सदस्यले पाउने सेवा सुविधाका सन्दर्भमा प्रदेशको निर्वाचनपछि गठित प्रदेश सभाले बनाउने प्रदेश कानून लागू भएपछि हुने” भनिएको छ तर यहाँका जनप्रतिनिधिले भने निर्वाचित भएको तीन महिना नपुग्दै आफूखुशी निर्णय गरेकामा नगरवासी चकित भएका छन् । 

गत भदौ ९ गते आव २०७४/७५ का लागि उक्त नगरपालिकाले पारित गरेको बजेटमा आन्तरिक स्रोत रु दुई करोड, २६ लाख, ४७ हजार प्रस्ताव गरिएको छ । 

अघिल्लो वर्षको आन्तरिक स्रोतको तुलनामा यो वर्ष जनप्रतिनिधिले अनुमान गरेको आन्तरिक स्रोत रकम रु १८ लाख, ८३ हजार, ३०० भन्दा बढी छ तर जनप्रतिनिधिले तलब सुविधा लिनका लागि वार्षिक रुपमा रु ६३ लाख, ६० हजार बराबरको स्रोत अनिवार्य जुटाउनु पर्ने हुन्छ । अहिलेको आन्तरिक स्रोत अवस्था हेर्दा नगरवासीको विकासका लागि आन्तरिक स्रोत उपयोग हुनेभन्दा पनि जनप्रतिनिधिलाई तलब खानका लागि अझै रु ४४ लाख, ७७ हजार बराबरको आन्तरिक स्रोत जुटाउनु पर्ने देखिन्छ । 

मासिक रुपमा रु पाँच लाख, ३० हजारका दरले नगरपालिकाका पदाधिकारी एवं सदस्यले तलब सुविधा लिँदा वार्षिकरूपमा रु ६३ लाख, ६० हजार खर्च हुने देखिन्छ । धनकुटा जिल्लामा नयाँ संरचनाअन्तर्गत तीन नगरपालिका र चार गाउँपालिका छन् । 

धनकुटा नगरपालिकाबाहेक अन्य छ वटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नगर तथा गाउँपालिका बोर्डमा प्रतिनिधित्व गर्ने कसैले तलब र अन्य सुविधा लिएका छैनन् । धनकुटा नगरपालिकाको बैठकमा भएको जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी निर्णय कार्यान्वयन नहुने र सेवा सुविधा लिएकाको रकम फिर्ता गर्न लगाउने नगर प्रमुख तामाङले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई