2026-09-11 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौँ | आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालको सुरूवात सोचे जस्तो हुन सकेन। इटालीको स्पिन बलिङमा फस्दा नेपालले १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभरमा क्याच भए। त्यसअघि उनले पहिलो ओभरमा कुनै पनि रन जोड्न सकेका थिएनन्। नेपालले पहिलो ओभरमा वाइडबाट मात्र रन लिएको थियो। दोस्रो ओभरको पाँचौ बलमा हसनलाई चौका प्रहार गरे लगत्तै भुर्तेल आउट भए। त्यतिबेला नेपालले मात्र ८ रन जोडेको थियो। त्यसपछि रोहित पौडेल ब्याटिङमा आएर नेपालको इनिङलाई गति दिए। जसका कारण नेपालले ६ ओभरको पावरप्लेमा एक विकेटको क्षतिमा ४६ रन जोड्यो।

सातौं ओभरको अन्तिम बलमा रोहित लङअनमा समातिए। १४ बल खेलेर २ चौका प्रहार गर्दै २३ रन जोडेका रोहितलाई क्रिशन कलुगामागेलाई पेभिलियनको बाटो देखाए। लगत्तै अर्को ओभरमा नेपालले आसिफ शेखलाई पनि गुमायो। आसिफले स्टम पिन हुनुअघि २० रन जोड्न सके। उनले २० बलमा २ चौका प्रहार गर्न सके। रोहित आउट हुँदा ४९ रन जोडेको नेपालले आसिफ आउट हुनुन्जेल कुनै रन जोड्न सकेनन्। सुरुवातमा तीन विकेट गुमाएपछि केही दबाबमा परेको नेपाल १० ओभरमा ३ विकेटको क्षतिमा ६७ रनको स्थितिमा रह्यो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले नेपालको इनिङलाई गति दिए।

दीपेन्द्रले आरिफसँग चौथो विकेटका लागि ४४ रनको साझेदारी गरे। कुनै चौका छक्का प्रहार गर्न नसकेका दीपेन्द्रले १४औं ओभरमा कलुगामागेबाट बोल्ड हुनुअघि १८ बलमा १७ रन जोड्न सके। इंग्ल्यान्डविरूद्धको अघिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बम आज भने चल्न सकेन। उनी ३ रनमै आउट हुनु पुगे। उनलाई बेन मानेन्टीले बाउन्ड्रीमा क्याच गराएका थिए। यससँगै नेपालले १५ ओभर सकिदा ९७ रन जोड्यो भने आफ्ना महत्वपूर्ण पाँच विकेट गुमायो। नेपालको विकेट जाने क्रम रोकिन सकेन। १६औं ओभरमा आरिफ शेख पनि बाउन्ड्रीमा क्याच हुन पुगे। जेजे स्मट्सको बलमा क्याच हुनुअघि आरिफले २७ रन जोडे। उनले २४ बल खेलेर ३ चौका प्रहार गर्न सके। अर्को ओभरमा गुल्सन झा आउट भए। उनलाई कलुगामागेले ३ रनमा क्याच गराए। यहि ओभरको एक बलपछि नन्दन यादव शून्यमा रनआउट भए। ‍यसरी नेपालले पाँच बलमा तीन विकेट गुमायो भने निकै दबाबपूर्ण अवस्थामा रह्यो।

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने पाँच रनमा क्याच आउट भए। यस्तै तेस्रो बलमा ललित राजवंशी शून्यमा अलआउट भए। करण केसी ११ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन