2026-08-27 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा प्रहरीलाई निःशुल्क जग्गा दिने ६ जना सम्मानित

चिसाङ शेर्पा | असोज २७, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङले खोटाङ जिल्लामा रहेका बिभिन्न प्रहरीचौकीहरुलाई निःशुल्करुपमा जग्गा प्रदान गर्नुहुने ६ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

६२ औं प्रहरी दिबसको उपलक्षमा जिल्ला प्रहरी कार्यालय खोटाङले सुक्रबार आयोजना गरेको एक कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १३ नुनथलाका बीरस तामाङ, सोममाया तामाङ र मेनुका तामाङले नुनथला प्रहरी चौकीलाई निःशुल्क १२ आना जग्गा प्रदान गरे वापत सम्मान गरिएको हो ।

जग्गा प्रदन गरि सम्मानित हुनुहुने अन्य महानुभाबहरुमा जन्तेढुङ्गा गाउँपालिका वडा नं.  एकका भिमबहादुर राई, दिपु्रङ गाउँपालिका वडा नं. ४ भडारेका राजेन्द्र राई, दिपु्रङ गाउँपालिका वडा नं. ५ का मदन राई रहनु भएको छ ।

जन्तेढुङ्गाका भिमबहादुर राईले देबिस्थान प्रहरी चौकीलाई ६ आना दुई पैसा जग्गा प्रदान गर्नुभएको थियो भने, दिपुङका राजेन्द्र राईले भडारे प्रहरी चौकीलाई १ रोपनी जग्गा प्रदान गर्नु भएको थियो । त्यस्तै दिपु्रङकै मदन राईले रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं.  ७ र वडा नं. ९ को सिमामा पर्ने तालखर्क प्रहरी चौकीलाई २ रोपनी १ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले जग्गादाताहरुलाई कार्यक्रमका प्रमूख अतिथी तथा प्रमूख जिल्ला अधिकारी एकदेब अधिकारीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सोहि कार्यक्रममा खोटाङ जिल्लाका तीनजना अमर सहिद परिवारका आफन्तहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरुमा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ की कमलादेबी आर्चाय, सरस्वती ठाकुर र वडा नं. २ की लक्ष्मी श्रेष्ठ रहनु भएको छ । 

अमर सहित लक्ष्मी श्रेष्ठका छोरा हरिभक्त श्रेष्ठले कर्तब्यको शिलशिलामा २०५८ सालमा सोलुखुम्बुमा साहदात प्राप्त गर्नु भएको थियो । कमालादेबी आचार्यको छोरा जयप्रसाद आचार्यले ०६५ सालमा भोजपुरमा साहदात प्राप्त गर्नुभएको थियो भने, सरस्वती ठाकुरका छोरा नमराज ठाकुरले ०५८ सालमा रुकुममा शाहदात प्राप्त गर्नु भएको थियो । 

सहिद परिवारलाई कार्यक्रममा बिशेष अतिथी तथा जिल्ला समन्वय समितिका उप प्रमुख गोमादेबी खत्रीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खोटाङ जिल्लामा कर्तब्य निभाउने क्रममा बिभिन्न समयमा साहदात प्राप्त गर्नुहुने २६ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’