२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

श्रीमान पिडित पार्वतिलाई बुटानि नागरिकको सहयोग

२०७२, ७ चैत्र आईतवार १२:२०

चैत ७, मुगु । आफ्नै श्रीमान द्वारा फागुन १४ गते घर बाट निकाला गरीएकि मुगु जिल्ला रोवा गाबिस वडानम्बर ३ स्थाई घर भएकी पार्वति बढुवाललाई बुटानि नागरिकले सहयोग गरेका छन् । श्रीमानले फागुन १४ गते घर बाट निकाला गरीएको समाचार साझासबाल अनलाइनमा पढेपछि क्यानडामा १४/१५ बर्षअघि देखि बस्दै आएका नावाङ्ग थाचिङ्गले आफ्नै मासिक कमाइबाट केही खर्च बचाई पार्वतिलाई नेपाली रु १० हजार रुपैया सहयोग गरेका छन । सहयोग गर्ने थाचिङ्ग तिब्बतियन नागरीक हुन ।

mugu photo

थाचिङ्ग केहि बर्षअघी काठमाडौको पुल्चोक एकान्तकुना बस्ने गरेका थिए । पार्वतिले नेपाली रु १० हजार रुपैया सहयोग पाए पछी मलाई सहयोग गर्ने नचिनेको दाईलाई धन्यवाद दिएकी छन् । उनले दुखको हासो देखाउदै भनिन- १० हजार हैन मलाई १० लाख सहयोग भएको छ । पार्वतिले र क्यानडा बस्ने नावाङ्ग थाचिङ्ग फोनबाट कुराकानि समेत साझा सबाल जिल्ला जिल्ला सम्पादक दान बहादुर बुढाले गराई दिएका छन । क्यानाडा बस्ने नावाङ्ग थाचिङ्गले पठाएको रकम जिल्ला पत्रकार महासंघ मुगुका अध्क्षय सुमन मल्ल द्घारा महिला अधिकृत हसनिा पराजुलीको रोहोबरमा १० हजार हस्तान्तरण गरीएको छ ।

थाचिङ्गले फोनबाट मुगु जस्तो दुर्गम जिल्लाकी महीला लगाएत ६ बच्चाको बीचल्लीको समाचारले बाहीर ल्याउने पत्रकार दान बहादुर बुढालाई धन्यबाद दिदै पार्वति जस्तो घर परिवारमा कसैको बिचल्ली नहोस र मेरो सानो सहयोगले पार्वतिलाई केही राहत होस भनेर सानो सहयोग गरेको प्रतिक्रिया दिए । पार्वति बढुवाल लगाएत ६ सन्तानलाई उनका श्रीमानले अहीले सम्म घरमा बस्न दिएका छैनन् । पार्वतिले आफु र ६ सन्तानलाई पालन पोषनको लागी गाउँ घरमा माग्दै ज्याला मजदुरी गरी कमाएर गास र बासको ब्यबस्था गर्दै आएकी छन । बिवाह भएको १६ बर्ष सम्म श्रीमानले पार्वतीलाई नागरीकता समेत बनाइदिएका छैनन् ।

श्रीमानले घरको पुर्खेउली जमीन जग्गा जाड-रक्सी, जुवा-तासमा उडाएर सकेकाले साहुको ऋण तिर्न नसक्दा भएभरको सम्पति साहुको नाममा भईसकेको पार्वति बढुवालले बताईन । उनको १६ बर्ष पहिले रोवा गाबिस ३ गाडापाना राम बहादर बडुवाल संग बिवाह भएको थियो । फाल्गुन १३ गते श्रीमानबाट घर निकाला भएकी पार्वति १४ गते जिल्ला महिला तथा बालबालीका कार्यालयमा उजुरी दिएकी थिइन् ।

महीला तथा बालबालीका कार्यालयकी अधिकृत हसिना प्रसाद पराजुलीले राहातको ब्याबस्था मिलाइदिने आसवासन दिए पनि अहिलेसम्म कुनै सहयोग नपाएको उनको गुनासो छ । मुगु जिल्लामा महिला माथि हुने हिंसासबन्धि काम गर्ने संघसस्था भएपनि पार्वतिको बारे कसैले आवाज निकालेको छैन ।

पिडीतको श्रीमान रामबहादुर बडुवाललाई तिन पटक खोजिमा गएपनि भेट्न नसकेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सुचना अधिकारी लोक बहादुर जि.सीले जानकारी दिए । खोजिकार्य जारि रहेकाले समस्याको समाधान चाडै हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी