२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बस दुर्घटना, २८ जना घाइते, ३० फिट तल खस्यो

२८ आश्विन २०७४, शनिबार ०३:५२

असोज २८, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नंको बस दुर्घटनामा परेको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफैं अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।

नवलपरासीमा दैनिकजसो दुर्घटनाका घटनाहरु भईरहन्छन् । 

जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

असोज २८, नवलपरासी (रासस) | हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा काँग्रेस विजय भएको छ भने प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो । 

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा काँग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा काँग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् । 

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । 

नवलपरासी पूर्वी जिल्लामा काँग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा काँग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो । 

पश्चिम जिल्लाको जिसस प्रमुखमा काँग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय हनुभएको छ । 

त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो