नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट दुई दिने हुने राष्ट्रिय सम्मेलन शुरु भएको छ । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले सम्मेलनको उद्घाटन गर्नु भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट दुई दिने हुने राष्ट्रिय सम्मेलन शुरु भएको छ । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले सम्मेलनको उद्घाटन गर्नु भएको छ ।&nb"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा दुई दिने राष्ट्रिय सम्मेलन शुरु, मन्त्री चौधरीद्धारा उद्घाटन

२०७४, २९ आश्विन आईतवार ०५:३८

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट दुई दिने हुने राष्ट्रिय सम्मेलन शुरु भएको छ । जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरीले सम्मेलनको उद्घाटन गर्नु भएको छ । 

जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा पहिलो पटक जुम्लामा २ दिने राष्ट्रिय सम्मेलन भएको हो ।  सम्मेलनमा मन्त्री संगै विभिन्न मन्त्रालयका प्रवुद्ध व्यक्तिहरुको पनि सहभागिता रहेको छ । जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा विभिन्न निकायका प्रबुद्ध ब्यक्तिहरुद्धारा सम्बोधन गर्ने कार्य जारी छ ।


सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गार्खबहादुर थापाले बताउनुभयो ।

हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।  हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवि गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्नको लागि सम्मेलनको आयोजना भएको किर्डाक नेपालका कार्यक्रम निर्देक गोविन्द बहादुर शाहीले बताउनुभयो । किर्डाकले शिक्षा स्वास्थ्य मानव अधिकार, खानेपानी सरसफाई तथा संचार का क्षेत्रमा ५ दशक पहिला देखि नेपालभर कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी