९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गमगढीमा मापदण्ड बिपरीत मासु पसल संचालन प्रहरी प्रशासन मौन

१८ चैत्र २०७२, बिहीबार १०:०७

चैत १८, मुगु । सदरमुकाम गमगढी बजारमा रहेका आधा दर्जन मासु पसलहरु मापदण्ड बिपरीत संचालन गरीएको भेटिएको छ तर प्रहरी प्रशासन कार्यालयहरु भने मौन भएर बसेका छन ।

जिल्ला पशु सेवा कार्यालयको पहलमा गमगढी बजारमा रहेका मासु पसलहरुमा अनुगमन गर्दा सम्पूर्ण पसलहरुमा मापदण्ड बिपरीतनै संन्चालन गरेको भेटीएको छ । खसी काट्ने एकै ठाउ खसीको भित्री फोहोर लादि नजिकै फाल्ने मासुलाई फलामे भाडाले काट्ने सरसफाई नगरेको पुराना औजार र फोहोर प्रयोग गरेको अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय मुगुका सुचना अधिकारी लक्ष्मी प्रसाद भटराईले बताएका छन । भट्राईका अनुसार यो पहिलो पटक चेतना मुलक जानकारी गराएका छौ दोस्रो पटक अनुगमनमा आउदा नसुधारीएको पाईएमा मासु बेचबिखन निति नियम अनुसार सजाए र कारबाही समेत गरीने बताएका छन ।

हिजो आज गमगढीमा खसीमासुको प्रति के।जी रु ६ सय र टाउको खुट्टा भुडी मिलाएको प्रति के।जी रु ५ सय ५० रुपैया रहेको छ । दिन प्रति दिन ८ कुन्टल भन्दा बढी खसीको मासु र बोइलर कुखुराको मासु ४ कुन्टल सम्म बिक्रि हुने गरीन्छ । बोइलर कुखुराको प्रति के।जि रु ५ सय रुपैया मूल्य रहेको मुगु उद्योग वाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

सरोकारवाला निकाय, पशु सेवा कार्यालय अहिले सम्म मौन रहेको छ भने खसी र कुखुराको मासु गमगढी बजारमा बिना ईजाजत पत्रमा खुलेआम तरकारी पसल ,खाद्यान्न् पसल, दैनिक उपभोग्य बस्तु मदीरा स्टेशनरी पसलमा राखेर बिक्रि बितरर्ण गर्ने गरिएको पाईन्छ । जिल्ला पशुसेवा कार्यालय मुगुले मासु ब्यवसायीहरुलाई एक अन्तरकृया गरी मासु बिक्रि बितरण गदा प्रयोग हुने औजार र अन्य ब्याबस्थापनको लागी छलफल समेत गरीएको र उक्त कार्याक्रममा ७० प्रतिशत रोगहरु पशुपंक्षी मार्फत लाग्ने भएकाले मासु स्पस्थ बिक्रि बितरण हुन अनिवाय रहेकोमा जोड दिएको पशु कार्यालयका डा। सुरेन्द्र यादबले बताएका छन ।

अहिले जिल्लामा हिमाली आयोजनाबाट अनुदान रकम पाएका लक्ष्मी रावलको चन्दनाथ फ्रेश हाउसका रु १२ लाख ६४ हजार, श्रीया कुषि बिकास बस्तु आयोजना तेज बहादुर मल्लको रु २० लाख ६३ हजार र बसन्त मासुसेन्टर लाल बहादुर मल्लको रु १९ लाख ५४ हजार गरी मुगु जिल्लामा ३ जनाको नाममा आयको अनुदान रकम जम्मा रु ५२ लाख ८१ हजार आए पनि ब्याबसाय संन्चालनमा नआएको र केहीको मापदण्ड बिपरीत रहेको जिल्ला पशु सेवा कार्यालयले बताएको छ । केही बर्ष अघी जिल्ला पशु कार्यालयबाट पशु बधसाला स्थापना गरीएको भएपनि उक्त बधसालामा अहीले एकजना ब्याक्तिले फर्निचर उद्योग संन्चालन गरेको छ । मासु ब्याबसाय तिलक रावतका अनुसार गमगढी सानो ठाउ छ तर पनि हामी मासु ब्याबसायहरुले अनियमित गरेको देखीन्छ, तर सुधारेर जानु प्रर्छ, जाने छु भनेर बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता