2026-08-16 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै, तेह्रथुममा दौड र मैत्रीपुर्ण फुटबल

असोज २९, तेह्रथुम | आज अक्टोबर १५ अर्थात् अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । नेपालमा पनि महिला अधिकारकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो । 

प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित तेह्रथुममा महिला अधिकारवादी संघसंस्थाहरुले मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरेका छन् । दिवसको अवसरमा खुला महिला दौड (२ कि.मी.) तथा मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको जिल्ला महिला अधिकार मन्चकी अध्यक्ष ईङवा सुब्बाले बताउनुभयो । 

आज विहान भएको दौड प्रतियोगितामा नरमाया श्रेष्ठ, चन्द्रकला तेयुङ र अनुशा राई क्रमशः प्रथम, द्धितीय र तृतीय हुनुभएको छ । अपरान्हमा टुँडिखेलस्थित मैदानमा मैत्रीपुर्ण फुटबलको आयोजना गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब महिलाले उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले उनीहरुको अवस्था सुधारका लागि सबै एक भएर लाग्नुपर्ने उनीहरुको भनाई छ । 

यसअघि जिल्लाका अधिकारकर्मीहरुले ग्रामीण महिला नीति बनाइनुपर्ने भन्दै व्यवस्थापिका संसदलाई नमुना ग्रामीण महिला नीति समेत बुझाएका थिए । ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यन्नको उत्पान तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरु निकै महत्वपूर्ण भूमिकामा छन् । 

विश्वको जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाको छ । तर ती महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट